३० साउन २०८३, शनिबार
15-08-2026 , Sat
×

कपिलवस्तुमा अपरिचित ब्यक्तीले चलाएको गोलि लागेर १ जनाको मृत्यु

Logo
प्रकाशित शनिबार, भाद्र ११, २०७९


ABC (क्राईमबिट)
कपिलवस्तु । अपरिचित समुहले गोली हानेर एकजनाको हत्या गरेको छ । प्रहरीका अनुसार मायादेवी गाउँपालिका वडा नम्बर ६ मदरहवाका अन्दाजी ५५ बर्षका रामसमुझ पासीको हत्या भएको छ ।

प्रहरीका अनुसार घरमै बसेका पासीलाई दुई जना अज्ञात व्यक्तिले घरबाट बोलाई मायादेवी गाउँपालिका ५ को महादेव र बनकसिया बिचको सडकमा पुर्‍याएर गोली प्रहार गरेका थिए ।

घाइते भएका पासीको उपचारका लागि कपिलवस्तु अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनको बायाँ तिघ्रामा गोली लागेर छेडिएको छ ।

घटनामा संलग्नहरुको खोज तलासका लागि प्रहरीको टोली घटनास्थल खटाइएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रुपन्देही । सशस्त्र प्रहरी बल नेपाल नं. २७ गण हेडक्वार्टर रुपन्देहीबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ पैदल तथा मोटरसाइकलमा आउँदै गरेका व्यक्तिहरूलाई शङ्कास्पद अवस्थामा चेकजाँच गर्ने क्रममा नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा रुपन्देहीको सियारी गाउँपालिका–२ सेमराका २३ वर्षीय अरुण गुप्ता, मायादेवी गाउँपालिका–७ बनगाईका २० वर्षीय रामदिन यादव र सोही ठाउँका २० वर्षीय धीरज राजभर रहेका छन् […]

दाङ । कुनै पनि शहर केवल सडक, भवन र पुलले मात्र समृद्ध बन्दैन। समृद्ध शहर निर्माणका लागि स्पष्ट दीर्घकालीन सोच, उत्पादनमुखी अर्थतन्त्र, प्रभावकारी पूर्वाधार, गुणस्तरीय शिक्षा–स्वास्थ्य, रोजगारीका अवसर, वातावरणीय संरक्षण, पारदर्शी शासन र नागरिकको सक्रिय सहभागिता आवश्यक हुन्छ। यही सोचलाई केन्द्रमा राखेर अगाडि बढिरहेको ‘घोराही बनाऔँ अभियान’ ले समृद्धि, विकास र सुशासनलाई साझा अभियानका रूपमा […]

कपिलवस्तु । चन्द्रौटा स्थित बैंकमा रकम जम्मा गर्न आएका एक व्यक्तिबाट नक्कली नोट फेला परेको छ। जाँचका क्रममा फेला*: बैंकले रकम गन्दा वा मेसिनमा जाँच्दा नक्कली नोट पत्ता लागेको कारबाही प्रक्रिया*: यस्तो अवस्थामा बैंकले तुरुन्त प्रहरीलाई खबर गरेर नोट र सम्बन्धित व्यक्तिलाई नियन्त्रणमा लिने प्रचलन छ । अनुसन्धान नोट कहाँबाट आयो, कसले दिएको हो भन्ने […]