२७ चैत्र २०८२, शुक्रबार
10-04-2026 , Fri
×

दाङमा चट्याङ लागेर २ जनाको मृत्यु १२ जना घाइते प्रहरी घटना स्थल पुग्दै

Logo
प्रकाशित बुधबार, भाद्र १५, २०७९


(ABC-Sanchar)
दाङ । घोराही उपमहानगरपालिका १२ गुर गाउँमा मंगलबार बेलुकी चट्याङ लागेर दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी वीरबहादुर वलीका अनुसार चट्याङ लागेर २ को मृत्यु र १२ जना घाइते भन्ने सूचना आए पनि मृतक र घाइतेको नाम खुल्न बाँकी रहेको बताए।
घटनाबारे आज बिहान मात्रै प्रहरीमा खबर आएको थियो।

डिएसपी राजन गौतमले आज बिहान वडाध्यक्ष दोर्णबहादुर बहकरी क्षेत्रीले घटनाबारे जानकारी दिएको बताए। घटनास्थलतर्फ प्रहरी पठाइएको र चार पाँच घन्टा हिडेर घटनास्थलमा पुगिने पनि उनले बताए।

त्यस ठाउँमा फोन सम्पर्क पनि भइरहेको छैन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । वैदेशिक रोजगार विभागले व्यक्तिगत श्रम स्वीकृतिको प्रक्रियामा म्यानपावर कम्पनी वा तिनका प्रतिनिधि संलग्न भएको पाइए कडा कारबाही गर्ने चेतावनी दिएको छ। विभागले एक सूचना जारी गर्दै व्यक्तिगत श्रम स्वीकृतिको नाममा इजाजतपत्र प्राप्त संस्थाहरूले कानुन विपरीतका गतिविधि गरिरहेको गुनासो आएपछि यस्तो निर्देशन दिएको हो। हाल वैदेशिक रोजगारीका लागि व्यक्तिगत र संस्थागत गरी दुई प्रक्रियाबाट […]

दाङ । नेकपा (एमाले) दाङले घोराही उपमहानगरपालिकाका एक जना वडाध्यक्षलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासित गरेको छ। घोराही– ४ का वडाध्यक्ष मधुसुदन घिमिरे (मुनाल) घिमिरेलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासित गरेको दाङ प्रचार विभाग प्रमुख संगीत बस्यालले जानकारी दिए। चैत २३ गते घोराहीमा बसेको एमाले जिल्ला कमिटीको बैठकले पार्टीका महासचिव तथा दाङ […]

एजेन्सी । इजरायलका रक्षामन्त्री इजरायल काट्जले लेबननमा आफूहरूले गरेको आक्रमण हेजबुल्लाहका लागि ठुलो प्रहार भएको बताए। बीबीसीका अनुसार उनलेे भने, ‘यदि इरानले इजरायलमा आक्रमण गरेमा कडा जवाफ दिन इजरायली रक्षा बल (आईडीएफ) पूर्ण रूपमा तयार छ।’ रक्षामन्त्री इजरायल काट्जले बुधबार लेबननमा गरिएको हमलामा २०० भन्दा बढी व्यक्ति मारिएको बताएका छन्। उनले ती व्यक्तिहरूलाई आतंकवादी भएको आरोप लगाएका छन्।

error: Content is protected !!