२७ जेठ २०८३, बुधबार
10-06-2026 , Wed
×

एमाले दाङद्वारा वडाध्यक्ष मुनाल घिमिरेमाथि साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासित,

Logo
Abc Sanchar प्रकाशित शुक्रबार, चैत्र २७, २०८२

दाङ । नेकपा (एमाले) दाङले घोराही उपमहानगरपालिकाका एक जना वडाध्यक्षलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासित गरेको छ।

घोराही– ४ का वडाध्यक्ष मधुसुदन घिमिरे (मुनाल) घिमिरेलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासित गरेको दाङ प्रचार विभाग प्रमुख संगीत बस्यालले जानकारी दिए।

चैत २३ गते घोराहीमा बसेको एमाले जिल्ला कमिटीको बैठकले पार्टीका महासचिव तथा दाङ क्षेत्र-२ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार शंकर पोखरेलविरूद्ध गतिविधि सञ्चालन गरेको भन्दै साधारण सदस्यसमेत नरहने गरी निष्कासित गरेको बस्यालले जानकारी दिए।

गत फागुन २१ गते सम्पन्न निर्वाचनमा एमाले महासचिव पोखरेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहमहामन्त्री विपिन आचार्यसंग भारी मतान्तरले पारजित भएका थिए।

घिमिरे २०७९ सालको स्थानीय तह निर्वाचनमा एमालेबाट वडाध्यक्ष निर्वाचित भएका थिए। तर, पछिल्लो समय उनले रास्वपाको पक्षमा गतिविधि गर्दै आएका छन्। सामाजिक सञ्जालमार्फत उनले एमाले परित्याग गरेको घोषणा पनि गरेका थिए।

त्यो चुनावमा घोराहीमा मेयर–उपमेयरसहित अधिकांश वडाध्यक्ष एमालेले जितेको थियो। वडाध्यक्ष घिमिरे अभिनेता तथा चलचित्र निर्माता हुन्। एमाले नेतृ शान्ता चौधरीको पहलमा गत निर्वाचनमा उनलाई एमालेले वडाध्यक्षको टिकट दिएको थियो।

एमाले दाङका प्रचार विभाग प्रमुख बस्यालका अनुसार वडाध्यक्ष घिमिरेलाई उक्त पदबाट हटाउन मेयर नरुलाल चौधरीलाई सिफारिस गरिएको छ।

यसअघि पार्टी अनुसाशन विपरित कार्य गरेको भन्दै एमालेले घोराही– ८ का वडाध्यक्ष जितेन्द्र शाहलाई पनि पार्टीको साधारण सदस्य नरहने गरी कारबाही गरेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । नेपालगन्ज भारतसँग जोडिएको प्रमुख नाका जमुनाहा भएकाले यहाँ लामो समयदेखि अनौपचारिक रूपमा भारतीय रुपैयाँ (भारु) र नेपाली रुपैयाँको सटही हुँदै आएको छ। *कहाँ-कहाँ हुन्छ:* जमुनाह नाका, न्यूरोड, त्रिभुवन चोक, बसपार्क, सदरलाइन र सीमा आसपासका पसल, होटल, सुनचाँदी पसल र कतिपय किराना पसलमै पनि खुलेआम बोर्ड नराखी सटही गर्ने गरेको पाइन्छ। १०० भारु […]

दाङ । यतिबेला घोराही दाङको सन्दर्भमा सबिन प्रियासन निकै नै चर्चामा छन्। सम्भवत उनी नपुगेको ठाउँ, उनी नपुगेको कार्यक्रम हुँदैन होला ? उनको सृजनशील कामहरू सामाजिक सञ्जाल अनि संचार माध्यमहरुमा घण्टै पिच्छे आइरहन्छ। एक प्रकारले लाग्छ सामाजिक सञ्जाल अनि संचार माध्यमहरू उनकै कामको बारेमा पोस्ट गर्नका लागि बनेका हुन्। घोराही उपमहानगरपालिकाको आगामी स्थानीय तह निर्वाचनलाई […]

नेपालका धेरै सहरहरूले आफ्नो विकासको आधार उद्योग, व्यापार वा प्रशासनिक केन्द्रलाई बनाएका छन्। तर घोराहीसँग एउटा यस्तो सम्पदा छ, जसले धार्मिक आस्था, सांस्कृतिक इतिहास, प्राकृतिक सौन्दर्य र पर्यटन सम्भावनालाई एकै ठाउँमा जोड्न सक्छ। त्यो हो घोराही धार्मिक–पर्यापर्यटकीय सर्किट। घोराही क्षेत्रमा रहेका धार्मिक, ऐतिहासिक, प्राकृतिक तथा सांस्कृतिक गन्तव्यहरूलाई एउटै पर्यटन मार्गमा जोडेर विकास गर्न सकियो भने […]

error: Content is protected !!