२७ चैत्र २०८२, शुक्रबार
10-04-2026 , Fri
×

अख्तियारले सिडिओसहित १३ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

Logo
प्रकाशित बुधबार, भाद्र १५, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । गुठीको जग्गा नक्कली मोही खडा गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाका तत्कालिन सिडिओ बसन्तराज गौतमसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

धनुषाको तत्कालिन भरतपुर गाविसको जग्गा नेपाली सेनाका लागि अधिग्रहण गर्दा भ्रष्टाचार भएको हो । त्यसक्रममा गुठीको नक्कली मोही खडा भएको आयोगको दाबी छ ।

तत्कालिन सिडिओ गौतमसहित गुठी संस्थान धनुषाका तत्कालिन प्रमुख राजुबाबु पाण्डे, कर्मचारीहरु मनोज कुमार आचार्य, हरिचन्द्र भुषाल, मुअब्जा लिने गायत्रीदेवी जयसवाल र शत्रुधन जयसवाल, विचौलिया सुमनकान्त ठाकुर लगायतविरुद्ध मुद्दा दायर भएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । वैदेशिक रोजगार विभागले व्यक्तिगत श्रम स्वीकृतिको प्रक्रियामा म्यानपावर कम्पनी वा तिनका प्रतिनिधि संलग्न भएको पाइए कडा कारबाही गर्ने चेतावनी दिएको छ। विभागले एक सूचना जारी गर्दै व्यक्तिगत श्रम स्वीकृतिको नाममा इजाजतपत्र प्राप्त संस्थाहरूले कानुन विपरीतका गतिविधि गरिरहेको गुनासो आएपछि यस्तो निर्देशन दिएको हो। हाल वैदेशिक रोजगारीका लागि व्यक्तिगत र संस्थागत गरी दुई प्रक्रियाबाट […]

दाङ । नेकपा (एमाले) दाङले घोराही उपमहानगरपालिकाका एक जना वडाध्यक्षलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासित गरेको छ। घोराही– ४ का वडाध्यक्ष मधुसुदन घिमिरे (मुनाल) घिमिरेलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासित गरेको दाङ प्रचार विभाग प्रमुख संगीत बस्यालले जानकारी दिए। चैत २३ गते घोराहीमा बसेको एमाले जिल्ला कमिटीको बैठकले पार्टीका महासचिव तथा दाङ […]

एजेन्सी । इजरायलका रक्षामन्त्री इजरायल काट्जले लेबननमा आफूहरूले गरेको आक्रमण हेजबुल्लाहका लागि ठुलो प्रहार भएको बताए। बीबीसीका अनुसार उनलेे भने, ‘यदि इरानले इजरायलमा आक्रमण गरेमा कडा जवाफ दिन इजरायली रक्षा बल (आईडीएफ) पूर्ण रूपमा तयार छ।’ रक्षामन्त्री इजरायल काट्जले बुधबार लेबननमा गरिएको हमलामा २०० भन्दा बढी व्यक्ति मारिएको बताएका छन्। उनले ती व्यक्तिहरूलाई आतंकवादी भएको आरोप लगाएका छन्।

error: Content is protected !!