११ साउन २०८२, आइतबार
27-07-2025 , Sun
×

नेपाल समाजवादी पार्टी कपिलवस्तुको जिल्ला अध्यक्षमा राम निवास पुरी चयन

Logo
प्रकाशित बुधबार, भाद्र १५, २०७९

 

(धर्मेन्द्र कुमार चौधरी)

नेपाल समाजवादी पार्टीको जिल्ला भेलाले राम निवास पुरीको अध्यक्षमा ५१ सदस्य जिल्ला कार्य समिति गठन गरेको छ ।
कपिलवस्तुको चन्द्रौटामा आयोजित बृहत भेलाले राम निवास पुरीको अध्यक्षतामा नेपाल समाजवादी पार्टीका जिल्ला कार्यसमिति गठन गरिएको नेसपाको केन्द्रिय रहिस शाहले जानकारी दिनुभयो । जिल्ला उपाध्यक्ष पदमा बदरे आलम शाह, सहसचिव पदमा दुर्गा रिजाल, सदस्य पदमा प्रमिला चौधरी रहनु भएको छ । अन्य पदाधिकारी केहि दिनमा बस्ने बैठकले चयन गर्ने केन्द्रिय सदस्य रहिस शाहले बताउनु भयो
उक्त भेलामा नेपाल समाजवादी पार्टीका केन्द्रिय सल्लाहकार समितिका अध्यक्ष विष्णु हरी शर्मा, नेपाल समाजबादी पार्टीका लुम्बिनी प्रदेश इन्चार्ज कलम प्रसाद खनाल, नेसपाको राजनीतिक समिति सदस्य यज्ञ पोख्रेल, छन्द पन्थि, केन्द्रिय सदस्य रामदेव भुसालको रोहबरमा भेला सम्पन्न भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । देउखुरी गढवा गाउँपालिका वडा नम्बर ७,का वडा अध्यक्ष राहुलदेव चौधरीको घरमा अवैध काठ चिरान गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा वन कर्मचारी,प्रहरी र सामुदायिक वनका पदाधिकारीको संयुक्त टोलिले साल र सिसौंको गरि कुल ५८.३४ क्युफिट काठ बरामद गरेको हो । कक्रहवा खोलाले बगाएर ल्याएको साल र सिसौंको रुखलाई सम्बन्धित वन कार्यालयलाई जानकारी गराउनुको सट्टामा […]

  काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयको कानुन शाखाले आज सूचना जारी गर्दै २२ जना प्रहरी लामो समयदेखि गैरहाजिर रहेको भन्दै उनीहरूलाई सम्पर्कमा आउन सात दिनको समय दिएको हो। गैर हाजिर हुनेमा प्राविधिक तर्फका एक असईसहित चारजना असई, दुईजना कार्यालय सहयोग र बाँकी सबै प्रहरी जवान छन्। लामो सयमदेखि सम्पर्कविहीन भएका उनीहरूलाई एक साताभित्र सम्पर्कमा […]

मेष-आफन्तसँग आत्मीयता बढ्नेछ। घरायसी काममा व्यस्तता रहनेछ। सामाजिक जिम्मेवारी पुरा गर्नुपर्ने हुन सक्छ। विदेशतर्फ सोच राख्नुभएको छ भने, आजको दिन योजना बनाउन उपयुक्त छ। वृष-सन्देश वा पत्रव्यवहारको दिन हो। सञ्चार माध्यममार्फत केही नयाँ जानकारी पाइनेछ। सामाजिक भेटघाट वा यात्रा सम्भावना छ। वैदेशिक कामका लागि आवश्यक कागजपत्र तयार गर्न उपयुक्त समय। मिथुन-आर्थिक पक्ष व्यवस्थित बनाउनुपर्ने समय […]

error: Content is protected !!