२७ चैत्र २०८२, शुक्रबार
10-04-2026 , Fri
×

विद्युत प्राधिकरणले रन्तपार्कमा जडान गर्यो चार्जिङ स्टेसन ५१ वटा ठाँउमा राख्ने

Logo
प्रकाशित बुधबार, भाद्र १५, २०७९


(ABC-Sanchar)
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले सिभिल पूर्वाधार निर्माणको काम सकाएर आजदेखि देशका विभिन्न ठाँउमा चार्जिङ स्टेसनको उपकरण राख्ने काम सुरु गरेको छ । यसैक्रमा रन्तपार्कमा रहेको प्राधिकरणको मुख्य कार्यलयमा ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले चार्जिङ स्टेसनको उद्घाटन गर्दैछिन् ।

प्राधिकरणले अहिले पहिलो चरणमा भनिएका ५१ वटा चार्जिङ स्टेसन जडान गर्ने काम धमाधम गरिरहेको छ । काठमाडौं उपत्यकामा भने चार्जिङ स्टेसन जोडिंदै गरेको र चाडैं सन्चालनमा आउने प्राधिकरणले जनाएको छ । हाल र्कोट, बनेपा, पथलैया, हेटौंडा, चितवन, मुग्लिन, धार्के, पोखरा, बर्दघाट, बुटवाल, भैरहवा, चन्द्रौटा, लमही, कोहलपुर, लम्की, अत्तरीया, महेन्द्रनगर र सुर्खेतमा काम अन्तिम चरणमा पुगेको छ । यि ठाउँहरुमा अब चार्जिङ स्टेसन जडान गर्न बाँकी रहेको छ ।

यस्तै, बिर्तामोड, दमक, विराटनगर, इटहरी, बेलाका, सुनसरी बसपार्क, लाहान, बर्दिबास र सिन्धुलीमाडीमा चार्जिङ स्टेसन स्थापना गर्ने काम भइरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । वैदेशिक रोजगार विभागले व्यक्तिगत श्रम स्वीकृतिको प्रक्रियामा म्यानपावर कम्पनी वा तिनका प्रतिनिधि संलग्न भएको पाइए कडा कारबाही गर्ने चेतावनी दिएको छ। विभागले एक सूचना जारी गर्दै व्यक्तिगत श्रम स्वीकृतिको नाममा इजाजतपत्र प्राप्त संस्थाहरूले कानुन विपरीतका गतिविधि गरिरहेको गुनासो आएपछि यस्तो निर्देशन दिएको हो। हाल वैदेशिक रोजगारीका लागि व्यक्तिगत र संस्थागत गरी दुई प्रक्रियाबाट […]

दाङ । नेकपा (एमाले) दाङले घोराही उपमहानगरपालिकाका एक जना वडाध्यक्षलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासित गरेको छ। घोराही– ४ का वडाध्यक्ष मधुसुदन घिमिरे (मुनाल) घिमिरेलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासित गरेको दाङ प्रचार विभाग प्रमुख संगीत बस्यालले जानकारी दिए। चैत २३ गते घोराहीमा बसेको एमाले जिल्ला कमिटीको बैठकले पार्टीका महासचिव तथा दाङ […]

एजेन्सी । इजरायलका रक्षामन्त्री इजरायल काट्जले लेबननमा आफूहरूले गरेको आक्रमण हेजबुल्लाहका लागि ठुलो प्रहार भएको बताए। बीबीसीका अनुसार उनलेे भने, ‘यदि इरानले इजरायलमा आक्रमण गरेमा कडा जवाफ दिन इजरायली रक्षा बल (आईडीएफ) पूर्ण रूपमा तयार छ।’ रक्षामन्त्री इजरायल काट्जले बुधबार लेबननमा गरिएको हमलामा २०० भन्दा बढी व्यक्ति मारिएको बताएका छन्। उनले ती व्यक्तिहरूलाई आतंकवादी भएको आरोप लगाएका छन्।

error: Content is protected !!