ABC (क्राईमबिट)
तनहुँ । ईलाका प्रहरी कार्यालय भानु तनहुँले बिहीबार दुई सय दश एम्पुल लागूऔषध सहित तीन युवकलाई पक्राउ गरेको छ । लागूऔषध कारोवारमा पक्राउ पर्नेमा लमजुङ जिल्ला सुन्दरबजार नगरपालिका–२ परेवाडाँडा निवासी सागर क्षेत्री,मस्याङदी गाउँपाकिला–९ खुदी का दिपेन्द्र भण्डारी र सोही जिल्ला बेशिशहर–२ का बिनोद शाही पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय भानुका प्रहरी निरीक्षक रमेश बिष्टको नेतृत्वमा खटिएको टोलीले लागूऔषध कारोबारीलाई पक्राउ गर्न सफल भएको हो । जिल्लाको बन्दिपुर गाउँपालिका वडा नं १ डुम्रे बजार स्थित चन्द्रावती होटल एण्ड लजमा शंका लागि चेकजाँच गर्दा लागूऔषध सहित युवाहरु पक्राउ परेका हुन् ।
उक्त कार्यालयमा प्रहरी निरीक्षक बिष्ट सरुवा भएर आएदेखि नै उनको निशानीमा लागूऔषध कारोबारी र प्रयोगकर्ता पर्ने गरेका छन् ।
लागूऔषध,चोरीडकैती,जुवातास लगायत शान्ति सुरक्षामा अमन्चयन कार्यमा सक्रिय भूमिका खेल्दै आएपछि त्यस क्षेत्रका बासिन्दाहरुले सुरक्षाको अनुभूति गर्न थालेको बताइएको छ । लागूऔषध कारोबार गर्ने व्यक्तिलाई धमाधम पक्राउ गर्न थालेपछि लागूऔषध सेवनकर्ताको भागदौड मच्चिएको खुल्न आएको छ ।
उनीहरुको साथबाट नूफिन७०,डाइजेपाम ७० र फेनेरागन ७० गरी उक्त परिमाणमा लागुऔषध बरामद भएको तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए । तीनै जना युवकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको उनले बताए ।