०८ चैत्र २०८२, आइतबार
22-03-2026 , Sun
×

कैलाली ५ बाट उम्मेदवारका लागि प्रधानमन्त्री देउवा पत्नी आरजु सिफारिस

Logo
प्रकाशित बिहिबार, भाद्र १६, २०७९


(ABC-Sanchar)
काठमाडौँ । आगामी निर्वाचनमा उम्मेदवार चयनका लागि कैलाली क्षेत्र नं. ५ बाट नेपाली काँग्रेसकी केन्द्रीय सदस्य आरजु राणा सिफारिस भएकी छन् । कैलाली-५ बाट उनको नाम एकल सिफारिसमा परेको छ ।

बुधबार क्षेत्र नं. ५ प्रदेश सभा क्षेत्र (क) र (ख) क्षेत्रीय कार्यसमितिहरूले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कैलाली-५ बाट नेता आरजु देउवाको नाम एकल सिफारिस गर्नुपर्ने निर्णय गरेका छन् । प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिको बैठक बिहीबार बस्दैछ ।

कैलाली-५ का सभापति भीम पडालले बुधबार दुवै प्रदेशबाट प्रतिनिधिसभाका लागि राणाको मात्रै नाम सिफारिस भएर आएको बताए । उनका अनुसार क्षेत्रीय कार्यसमितिको बैठक बिहीबार बस्दैछ । क्षेत्रीय कार्यसमितिमा पनि राणाको नाम सिफारिस गर्न दबाब छ ।

काँग्रेस केन्द्रीय सदस्य नृपबहादुर वडले कैलाली-५ बाट प्रतिनिधिसभाका लागि आरजु राणाको नाम एकल सिफारिस हुने बताए ।

पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा पत्नीसमेत रहेकी राणा ०७४ को निर्वाचनमा पनि यहीँबाट उम्मेदवार थिइन् ।

उनी वाम गठबन्धनका नारदमुनि रानासँग पाँच हजारभन्दा बढी मतान्तरले पराजित भएकी थिइन् । रानाले २७ हजार २०२ मत ल्याएका थिए भने राणाले २२ हजार ३२२ मत पाएकी थिइन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले समानुपातिक सांसदलाई मन्त्री नबनाउने निर्णय लिएको छ । पार्टीको चुनाव चिन्हमा कानून बनाउने विश्वासमा मत आएका कारण समानुपातिक सांसदलाई अन्य कुरामा नअल्झाउने कुरामा नेतृत्व प्रस्ट भएपछि यो निर्णय लिएको एक नेताले बताए ।

काठमाडौं । निर्वाचनमा अप्रत्याशित पराजय व्यहोरेपछि कांग्रेस सभापति गगन थापाले नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका छन्। गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका थापाले बुधबार नै उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन्। केन्द्रीय कार्यसमिति बैठकको मिति तय भएलगत्तै सभापति थापाले उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन् । तर, उनको राजीनामा पार्टीले सार्वजनिक गरेको […]

दाङबाट साजिदा सिद्धिकिसहित एमालेले छान्यो समानुपातिक सांसदहरु (सूचीसहित) काठमाडौं । नेकपा एमालेले समानुपातिक सांसद टुङ्ग्याएको छ। आज बसेको सचिवालय बैठकले समानुपातिक सांसदको नाम टुङ्गो लगाएको उपमहासचिव लेखराज भट्टले बताए। क्लस्टर अनुसार समानुपातिक सांसदको चयन गरेको बताए। एमालेले समानुपातिकबाट १६ सीट जितेको छ। जनजाति (४ जना) महिला : • भूमिका सुब्बा • गंगादेवी श्रेष्ठ पुरुष : […]

error: Content is protected !!