२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य नेपालमा पनि बढन सक्ने संकेत

Logo
प्रकाशित बिहिबार, भाद्र १६, २०७९

(ABC-Sanchar) काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाएको छ । अब निगमले सोही मूल्य सूचीअनुसार आईओसीलाई खरिद हुने तेलको रकम भुक्तानी गर्नुपर्नेछ । बिहीबार (सेप्टेम्बर १) बाट लागू हुनेगरी आईओसीले पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर १ रुपैयाँ ३९ पैसा र डिजल ६ रुपैयाँ १२ पैसा बढेर आएको छ । नयाँ मूल्यय अनुसार अब निगमलाई डिजलबाट हुने नोक्सानी बढेर प्रतिलिटर १२ रुपैयाँ पुगेको छ । त्यस्तै पेट्रोलको नाफा घटेर प्रतिलिटर २ रुपैयाँमा सीमित भएको छ । आयल निगमका अनुसार मट्टितेल, हवाई इन्धनको मूल्य पनि सामान्य बढेर आएको छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने प्रति सिलिन्डर १ सय रुपैयाँ घटेर आएको छ । बिहीबारको मूल्य अनुसार निगमको १५ दिनको समग्र नोक्सानी करिब ५० करोड पुग्नेछ । आईओसीले हरेक १५–१५ दिनमा आयल निगमलाई मूल्य सूची पठाउँछ । सो सूचीअनुसार निगमले यहाँ नयाँ मूल्य निर्धारण गर्न सक्दछ । पछिल्लो समय इन्धनको मूल्य सामान्य बढेर आए पनि नेपालमा भने यथावत रहने छ । यसअघि ३ पटकसम्म मूल्य घटेर आए पनि निगमले नेपालमा घटाएको थिएन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!