२७ चैत्र २०८२, शुक्रबार
10-04-2026 , Fri
×

१० जना सहसचिवको सरुवा

Logo
प्रकाशित शुक्रबार, भाद्र १७, २०७९

(ABC-Sanchar) काठमाडौँ । महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतसहित १० सहसचिवको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले बिहीबार अबेर गरी ती सहसचिवको सरुवा टुङ्ग्याएका हुन् । प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त विवरण अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सहसचिव एवं प्रवक्ता वसन्त अधिकारी काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा पठाइएका छन् भने त्यहाँका लोकनाथ पौडेल मन्त्रालयको अतिरिक्तमा तानिएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव एवं प्रवक्ता टोक राज पाण्डे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा भएका छन् भने सूचना विभागमा महानिर्देशक गोगनबहादुर हमाल गृह मन्त्रालय आएका छन् । अतिरिक्त समूहमा रहेकी स्किम श्रेष्ठलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा ल्याइएको छ भने बेपत्ता आयोगकी रोशनी कुमारी श्रेष्ठको गृह मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सुरेश राउतको श्रम, रोजगार तथा यातायात मन्त्रालय, बागमती प्रदेश, वित्त आयोगका शम्भु कार्की शहरी विकास मन्त्रालयमा सरुवा गरिएको छ । त्यस्तै स्थानीय पूर्वाधार विकास मन्त्रालयका कृष्ण कुमार मिश्र भौतिक पूर्वाधार विकास मन्त्रालय मधेस प्रदेश र त्यहाँका दीपक कुमार दासलाई वित्त आयोगमा सरुवा भएको छ । यससँगै अव बरन्…

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । वैदेशिक रोजगार विभागले व्यक्तिगत श्रम स्वीकृतिको प्रक्रियामा म्यानपावर कम्पनी वा तिनका प्रतिनिधि संलग्न भएको पाइए कडा कारबाही गर्ने चेतावनी दिएको छ। विभागले एक सूचना जारी गर्दै व्यक्तिगत श्रम स्वीकृतिको नाममा इजाजतपत्र प्राप्त संस्थाहरूले कानुन विपरीतका गतिविधि गरिरहेको गुनासो आएपछि यस्तो निर्देशन दिएको हो। हाल वैदेशिक रोजगारीका लागि व्यक्तिगत र संस्थागत गरी दुई प्रक्रियाबाट […]

दाङ । नेकपा (एमाले) दाङले घोराही उपमहानगरपालिकाका एक जना वडाध्यक्षलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासित गरेको छ। घोराही– ४ का वडाध्यक्ष मधुसुदन घिमिरे (मुनाल) घिमिरेलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासित गरेको दाङ प्रचार विभाग प्रमुख संगीत बस्यालले जानकारी दिए। चैत २३ गते घोराहीमा बसेको एमाले जिल्ला कमिटीको बैठकले पार्टीका महासचिव तथा दाङ […]

एजेन्सी । इजरायलका रक्षामन्त्री इजरायल काट्जले लेबननमा आफूहरूले गरेको आक्रमण हेजबुल्लाहका लागि ठुलो प्रहार भएको बताए। बीबीसीका अनुसार उनलेे भने, ‘यदि इरानले इजरायलमा आक्रमण गरेमा कडा जवाफ दिन इजरायली रक्षा बल (आईडीएफ) पूर्ण रूपमा तयार छ।’ रक्षामन्त्री इजरायल काट्जले बुधबार लेबननमा गरिएको हमलामा २०० भन्दा बढी व्यक्ति मारिएको बताएका छन्। उनले ती व्यक्तिहरूलाई आतंकवादी भएको आरोप लगाएका छन्।

error: Content is protected !!