२७ चैत्र २०८२, शुक्रबार
10-04-2026 , Fri
×

प्रहरी निरीक्षक वीर बहादुर थापा काेहलपुर नगर प्रहरी प्रमुखमा नियुक्त

Logo
प्रकाशित शुक्रबार, भाद्र १७, २०७९

(सागर थापा)

बाँके । काेहलपुर नगरपालिकाको नगर प्रहरी प्रमुखमा वीर बहादुर थापा नियुक्त भएका छन् ।

शुक्रबार नगर प्रहरी प्रमुख नगर प्रहरी निरिक्षककाे रुपमा नियुक्ति पत्र बुझेकाे काेहलपुर नगरपालिकाकाले जानकारी दिएको छ ।

थापा नेपाल प्रहरीको अवकाश प्राप्त प्रहरी निरीक्षक हुन् । २८ वर्ष नेपाल प्रहरीमा काम गरेका उनी इमानदार व्यक्तिको रुपमा चिनिन्छन दाङ जिल्ला ट्राफिक प्रमुख हुँदा प्रहरी निरीक्षक थापाले आफ्नो तलबबाट पनि ट्राफिक सचेतनाको लागि दाङको विभिन्न ठाँउमा ट्राफिक संकेत लाईटहरु राखेका थिए उनको कामलाई देखेर दाङ जिल्लाका सरोकारवाला हरुले समान र पुरस्कर पनि गरेका थिए ।

काेहलपुर नगरपालिकाले एक जना नगर प्रहरी निरिक्षक एक जना नगर प्रहरी सहायक निरिक्षक,दुई जना प्रहरी हवलदार र १२ जना नगर प्रहरी जवानकाे परिक्षाफल प्रकाशन गरिसकेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । वैदेशिक रोजगार विभागले व्यक्तिगत श्रम स्वीकृतिको प्रक्रियामा म्यानपावर कम्पनी वा तिनका प्रतिनिधि संलग्न भएको पाइए कडा कारबाही गर्ने चेतावनी दिएको छ। विभागले एक सूचना जारी गर्दै व्यक्तिगत श्रम स्वीकृतिको नाममा इजाजतपत्र प्राप्त संस्थाहरूले कानुन विपरीतका गतिविधि गरिरहेको गुनासो आएपछि यस्तो निर्देशन दिएको हो। हाल वैदेशिक रोजगारीका लागि व्यक्तिगत र संस्थागत गरी दुई प्रक्रियाबाट […]

दाङ । नेकपा (एमाले) दाङले घोराही उपमहानगरपालिकाका एक जना वडाध्यक्षलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासित गरेको छ। घोराही– ४ का वडाध्यक्ष मधुसुदन घिमिरे (मुनाल) घिमिरेलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासित गरेको दाङ प्रचार विभाग प्रमुख संगीत बस्यालले जानकारी दिए। चैत २३ गते घोराहीमा बसेको एमाले जिल्ला कमिटीको बैठकले पार्टीका महासचिव तथा दाङ […]

एजेन्सी । इजरायलका रक्षामन्त्री इजरायल काट्जले लेबननमा आफूहरूले गरेको आक्रमण हेजबुल्लाहका लागि ठुलो प्रहार भएको बताए। बीबीसीका अनुसार उनलेे भने, ‘यदि इरानले इजरायलमा आक्रमण गरेमा कडा जवाफ दिन इजरायली रक्षा बल (आईडीएफ) पूर्ण रूपमा तयार छ।’ रक्षामन्त्री इजरायल काट्जले बुधबार लेबननमा गरिएको हमलामा २०० भन्दा बढी व्यक्ति मारिएको बताएका छन्। उनले ती व्यक्तिहरूलाई आतंकवादी भएको आरोप लगाएका छन्।

error: Content is protected !!