२७ चैत्र २०८२, शुक्रबार
10-04-2026 , Fri
×

नेपाल प्रहरीका खेलाडीहरुलाई सम्मान तथा बधाई ज्ञापन कार्यक्रम सम्पन्न

Logo
प्रकाशित आइतबार, भाद्र १९, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्‍ठानका कार्यकारी निर्देशक एवं नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक मुकुन्दराज आचार्यको प्रमुख आतिथ्यतामा एक कार्यक्रम आयोजना गरी विभिन्‍न खेलमा पदक प्राप्‍त गर्न सफल नेपाल प्रहरीको खेलाडीहरुलाई सम्मान तथा बधाई ज्ञापन गरियो ।

मिति २०७९।०३।१० गतेदेखि ऐ.१३ गतेसम्म Chuncheon, Korea मा संचालन भएको “25th Asian Taekwondo Championship”, मिति २०७९।०३।१५ गतेदेखि ऐ.१७ गतेसम्म संचालन भएको “Chuncheon Korea Open Int’l Taekwondo Championship”, मिति २०७९।०३।१९ गतेदेखि ऐ.२३ गतेसम्म संचालन भएको “1st shinsung University President’s Cup International Taekwondo Competition 2022” र मिति २०७९।०४।०५ गतेदेखि ऐ.१० गते सम्म संचालन भएको “The 15th World Taekwondo Cultural Expo” मा नेपाल प्रहरीका खेलाडीहरु सहभागी भई ४ स्वर्ण र १ रजत पदक प्राप्‍त गरेका थिए ।

त्यसैगरी स्पोर्टस हव नेपाल प्रा.लि., कपन काठमाडौको आयोजनामा मिति २०७९।०४।११ गतेदेखि ऐ. १४ गतेसम्म संचालन भएको “प्रथम स्पोर्टस हव राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता-२०७९” मा सहभागी भई मेन्स डबल्स ईभेन्टसमा द्धितीय स्थान हासिल गर्न सफल भएका थिए ।

र हरितालिका तिजको अवसरमा नव आदर्श सामुदायिक विकास समाज लामाचौर, पोखराको आयोजनामा मिति २०७९।०५।११ गतेबाट सञ्चालन भएको “लामाचौर कप राष्ट्रिय पुरुष तथा महिला भलिबल प्रतियोगिता” मा नेपाल प्रहरीको पुरुष तथा महिला भलिबल टिमको सहभागी भई दुवै टिमले प्रथम स्थान हासिल गर्न सफल भएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । वैदेशिक रोजगार विभागले व्यक्तिगत श्रम स्वीकृतिको प्रक्रियामा म्यानपावर कम्पनी वा तिनका प्रतिनिधि संलग्न भएको पाइए कडा कारबाही गर्ने चेतावनी दिएको छ। विभागले एक सूचना जारी गर्दै व्यक्तिगत श्रम स्वीकृतिको नाममा इजाजतपत्र प्राप्त संस्थाहरूले कानुन विपरीतका गतिविधि गरिरहेको गुनासो आएपछि यस्तो निर्देशन दिएको हो। हाल वैदेशिक रोजगारीका लागि व्यक्तिगत र संस्थागत गरी दुई प्रक्रियाबाट […]

दाङ । नेकपा (एमाले) दाङले घोराही उपमहानगरपालिकाका एक जना वडाध्यक्षलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासित गरेको छ। घोराही– ४ का वडाध्यक्ष मधुसुदन घिमिरे (मुनाल) घिमिरेलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासित गरेको दाङ प्रचार विभाग प्रमुख संगीत बस्यालले जानकारी दिए। चैत २३ गते घोराहीमा बसेको एमाले जिल्ला कमिटीको बैठकले पार्टीका महासचिव तथा दाङ […]

एजेन्सी । इजरायलका रक्षामन्त्री इजरायल काट्जले लेबननमा आफूहरूले गरेको आक्रमण हेजबुल्लाहका लागि ठुलो प्रहार भएको बताए। बीबीसीका अनुसार उनलेे भने, ‘यदि इरानले इजरायलमा आक्रमण गरेमा कडा जवाफ दिन इजरायली रक्षा बल (आईडीएफ) पूर्ण रूपमा तयार छ।’ रक्षामन्त्री इजरायल काट्जले बुधबार लेबननमा गरिएको हमलामा २०० भन्दा बढी व्यक्ति मारिएको बताएका छन्। उनले ती व्यक्तिहरूलाई आतंकवादी भएको आरोप लगाएका छन्।

error: Content is protected !!