०९ साउन २०८२, शुक्रबार
25-07-2025 , Fri
×

नेपाल प्रहरीका खेलाडीहरुलाई सम्मान तथा बधाई ज्ञापन कार्यक्रम सम्पन्न

Logo
प्रकाशित आइतबार, भाद्र १९, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्‍ठानका कार्यकारी निर्देशक एवं नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक मुकुन्दराज आचार्यको प्रमुख आतिथ्यतामा एक कार्यक्रम आयोजना गरी विभिन्‍न खेलमा पदक प्राप्‍त गर्न सफल नेपाल प्रहरीको खेलाडीहरुलाई सम्मान तथा बधाई ज्ञापन गरियो ।

मिति २०७९।०३।१० गतेदेखि ऐ.१३ गतेसम्म Chuncheon, Korea मा संचालन भएको “25th Asian Taekwondo Championship”, मिति २०७९।०३।१५ गतेदेखि ऐ.१७ गतेसम्म संचालन भएको “Chuncheon Korea Open Int’l Taekwondo Championship”, मिति २०७९।०३।१९ गतेदेखि ऐ.२३ गतेसम्म संचालन भएको “1st shinsung University President’s Cup International Taekwondo Competition 2022” र मिति २०७९।०४।०५ गतेदेखि ऐ.१० गते सम्म संचालन भएको “The 15th World Taekwondo Cultural Expo” मा नेपाल प्रहरीका खेलाडीहरु सहभागी भई ४ स्वर्ण र १ रजत पदक प्राप्‍त गरेका थिए ।

त्यसैगरी स्पोर्टस हव नेपाल प्रा.लि., कपन काठमाडौको आयोजनामा मिति २०७९।०४।११ गतेदेखि ऐ. १४ गतेसम्म संचालन भएको “प्रथम स्पोर्टस हव राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता-२०७९” मा सहभागी भई मेन्स डबल्स ईभेन्टसमा द्धितीय स्थान हासिल गर्न सफल भएका थिए ।

र हरितालिका तिजको अवसरमा नव आदर्श सामुदायिक विकास समाज लामाचौर, पोखराको आयोजनामा मिति २०७९।०५।११ गतेबाट सञ्चालन भएको “लामाचौर कप राष्ट्रिय पुरुष तथा महिला भलिबल प्रतियोगिता” मा नेपाल प्रहरीको पुरुष तथा महिला भलिबल टिमको सहभागी भई दुवै टिमले प्रथम स्थान हासिल गर्न सफल भएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ९६ पैसा र बिक्रीदर १३८ रुपैयाँ ५६ पैसा निर्धारण गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ २१ पैसा र बिक्रीदर ९१ रुपैयाँ ६१ पैसा , क्यानेडियन डलर एकको खरिददर […]

  उनको निधनको कारण हृदयाघात (कार्डियक अरेस्ट) भएको बताइएको छ। हल्क होगनको वास्तविक नाम टेरी जीन बोलिया हो । उनले १९८० र १९९० को दशकमा डब्ल्यूडब्ल्यूईलाई विश्वव्यापी लोकप्रियता दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए। उनको ञहल्कमेनियाझ अभियानले रेसलिंगलाई नयाँ उचाइमा पुर्‍याएको थियो। उनले १९८४ मा आयरन शेखलाई हराएर डब्ल्यूडब्ल्यूएफ च्याम्पियनशिप जितेका थिए, जसले ञहल्कमेनियाझ को शुरुआत […]

मेष -दैनिक कार्यमा उत्साह रहनेछ। अध्ययन, अध्यापन वा योजना बनाउनेमा ध्यान केन्द्रित हुनेछ। तर पारिवारिक मतभेदबाट बच्न संवादमा सन्तुलन राख्नुहोस्। वृष -साझेदारी वा वैवाहिक सम्बन्धमा भावनात्मक घनिष्टता बढ्नेछ। तर आर्थिक लेनदेन वा निर्णयमा हतार नगर्नुहोस्। स्वास्थ्यतर्फ पनि ध्यान दिँदा राम्रो। मिथुन -काममा निरन्तरता ल्याउनुपर्ने दिन हो। स्वास्थ्यमा सानो असहजता आउन सक्छ। व्यवस्थित र धैर्यपूर्वक अघि […]

error: Content is protected !!