२७ चैत्र २०८२, शुक्रबार
10-04-2026 , Fri
×

दाङमा टिकटक बनाउने क्रममा भीरबाट लडेर एक युवकको मृत्यु

Logo
प्रकाशित आइतबार, भाद्र १९, २०७९

(केभी निस्चल)

दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ का ३४ वर्षीय नबीन केसी रहेका छन् । शनिबार राती करिब ९ बजेको समयमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ साततले भन्ने स्थानमा टिकटक बनाउने क्रममा उनी भीरबाट तल खसेका थिए ।

भीरबाट खसेर बेपत्ता भन्ने खवर पाए लगत्तै ईलाका प्रहरी कार्यालय तुलसीपुर र गोटी खोलाको प्रहरी टोली घटना स्थल पुगेको थियो । करिब साढे १० बजेको समयमा प्रहरीले उनलाई फेला पारि अस्पताल ल्याएको थियो ।

राप्ती प्रादेशिक अस्पताल ल्याए लगत्तै अस्पतालले मृत घोषणा गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक बखत बहादुर शाहीले जानकारी दिए । केसीको शव राप्ती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको दाङ प्रहरीले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । वैदेशिक रोजगार विभागले व्यक्तिगत श्रम स्वीकृतिको प्रक्रियामा म्यानपावर कम्पनी वा तिनका प्रतिनिधि संलग्न भएको पाइए कडा कारबाही गर्ने चेतावनी दिएको छ। विभागले एक सूचना जारी गर्दै व्यक्तिगत श्रम स्वीकृतिको नाममा इजाजतपत्र प्राप्त संस्थाहरूले कानुन विपरीतका गतिविधि गरिरहेको गुनासो आएपछि यस्तो निर्देशन दिएको हो। हाल वैदेशिक रोजगारीका लागि व्यक्तिगत र संस्थागत गरी दुई प्रक्रियाबाट […]

दाङ । नेकपा (एमाले) दाङले घोराही उपमहानगरपालिकाका एक जना वडाध्यक्षलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासित गरेको छ। घोराही– ४ का वडाध्यक्ष मधुसुदन घिमिरे (मुनाल) घिमिरेलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासित गरेको दाङ प्रचार विभाग प्रमुख संगीत बस्यालले जानकारी दिए। चैत २३ गते घोराहीमा बसेको एमाले जिल्ला कमिटीको बैठकले पार्टीका महासचिव तथा दाङ […]

एजेन्सी । इजरायलका रक्षामन्त्री इजरायल काट्जले लेबननमा आफूहरूले गरेको आक्रमण हेजबुल्लाहका लागि ठुलो प्रहार भएको बताए। बीबीसीका अनुसार उनलेे भने, ‘यदि इरानले इजरायलमा आक्रमण गरेमा कडा जवाफ दिन इजरायली रक्षा बल (आईडीएफ) पूर्ण रूपमा तयार छ।’ रक्षामन्त्री इजरायल काट्जले बुधबार लेबननमा गरिएको हमलामा २०० भन्दा बढी व्यक्ति मारिएको बताएका छन्। उनले ती व्यक्तिहरूलाई आतंकवादी भएको आरोप लगाएका छन्।

error: Content is protected !!