२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

रवि लामिछानेका कारण दरबार मार्गका इन्सपेक्टर बिशाल तामाङ कारबाहीमा

Logo
प्रकाशित सोमबार, भाद्र २०, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेका कारण प्रहरी वृत्त दरबारमार्गका प्रहरी निरीक्षक बिशाल तामाङ कारबाहीमा परेका छन् । पर्यटनमन्त्री जीवनराम श्रेष्ठलाई दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका सुरक्षा गार्ड शेरजंग गुरुङलाई भेटेर फोटो खिच्न दिएपछि इन्सपेक्टर तामाङलाई हटाइएको हो ।

हिरासतमा भएका व्यक्तिसँग फोटो खिच्न पाइदैन । तर, इन्सपेक्टर तामाङले लामिछानेसँग भेटाएर भिडियो तथा फोटो खिच्न दिएका थिए । उनलाई वृत्तबाट हटाएर छानबिन थालिएको छ । यसबारे एसपी दिनेशराज मैनालीको नेतृत्वमा छानबिन समिति बनेको छ ।

घटनामा दरबारमार्ग वृत्तकी डिएसपी कोपिला चुँडालको पनि कमजोरी देखिएको र उनीमाथि समेत छानबिन हुने भएको छ ।

हाल राजनीतिमा लागेका लामिछानेले गुरुङलाई भेटेर उनलाई रिहा गर्न माग गरेका छन् । लामिछानेलाई सहयोग गर्दा इन्सपेक्टर तामाङ भने समस्यामा परेका छन् ।

सुरक्षा गार्ड गुरुङलाई रिहा गर्न गृह मन्त्री र पर्यटनमन्त्रीले प्रहरी तथा काठमाडौंका सिडिओलाई निर्देशन दिइसकेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!