२७ चैत्र २०८२, शुक्रबार
10-04-2026 , Fri
×

दाङको भालुवाङमा गुडिरहेको अटोमा आगलागी

Logo
प्रकाशित मंगलबार, भाद्र २१, २०७९

ABC (क्राईमबिट)
दाङ । देउखुरीमा गुडिरहेको अटोमा आगलागी भएको छ । राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ पुल्चोक निवासी वसन्त बस्नेतको रा १ ह ५११५ नम्बरको अटोमा आगलागी भएको हो ।

भालुवाङ- प्युठान सडक खण्डको राप्ती गाउँपालिका- १ स्थित राप्ती सामुदायिक वन कार्यालय नजिक सोमबार राती ८ बजेको समयमा गुडिरहेको अटोमा विधुत सर्ट भई आगलागी हुँदा अटो जलेर खरानी भएको छ । भने २ लाख ५० हजार बराबरको क्षती भएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक सुजन विक्रम शाहले जानकारी दिएका छन् ।

शान्तिपुरदेखि भालुवाङ तर्फ आइरहेको समयमा उक्त अटोमा आगलागी भएको हो । अटोमा चालक मात्र भएको र कुनै मानवीय क्षति नभएको प्रहरीले बताएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । वैदेशिक रोजगार विभागले व्यक्तिगत श्रम स्वीकृतिको प्रक्रियामा म्यानपावर कम्पनी वा तिनका प्रतिनिधि संलग्न भएको पाइए कडा कारबाही गर्ने चेतावनी दिएको छ। विभागले एक सूचना जारी गर्दै व्यक्तिगत श्रम स्वीकृतिको नाममा इजाजतपत्र प्राप्त संस्थाहरूले कानुन विपरीतका गतिविधि गरिरहेको गुनासो आएपछि यस्तो निर्देशन दिएको हो। हाल वैदेशिक रोजगारीका लागि व्यक्तिगत र संस्थागत गरी दुई प्रक्रियाबाट […]

दाङ । नेकपा (एमाले) दाङले घोराही उपमहानगरपालिकाका एक जना वडाध्यक्षलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासित गरेको छ। घोराही– ४ का वडाध्यक्ष मधुसुदन घिमिरे (मुनाल) घिमिरेलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासित गरेको दाङ प्रचार विभाग प्रमुख संगीत बस्यालले जानकारी दिए। चैत २३ गते घोराहीमा बसेको एमाले जिल्ला कमिटीको बैठकले पार्टीका महासचिव तथा दाङ […]

एजेन्सी । इजरायलका रक्षामन्त्री इजरायल काट्जले लेबननमा आफूहरूले गरेको आक्रमण हेजबुल्लाहका लागि ठुलो प्रहार भएको बताए। बीबीसीका अनुसार उनलेे भने, ‘यदि इरानले इजरायलमा आक्रमण गरेमा कडा जवाफ दिन इजरायली रक्षा बल (आईडीएफ) पूर्ण रूपमा तयार छ।’ रक्षामन्त्री इजरायल काट्जले बुधबार लेबननमा गरिएको हमलामा २०० भन्दा बढी व्यक्ति मारिएको बताएका छन्। उनले ती व्यक्तिहरूलाई आतंकवादी भएको आरोप लगाएका छन्।

error: Content is protected !!