२७ चैत्र २०८२, शुक्रबार
10-04-2026 , Fri
×

दाङ तुलसीपुरको शौचालयमा एक महिला मृत फेला

Logo
प्रकाशित बुधबार, भाद्र २२, २०७९

(ABC Sanchar)                                                    दाङ तुलसीपुरको शौचालयमा एक महिला मृत फेला परेकी छन्।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ कपडादेवीकी ३८ वर्षकी कमला लामिछाने शौचालयमा मृत फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक रञ्जन स्वाँरले जानकारी दिए।

प्रहरी प्रवक्तासमेत रहेका स्वाँरका अनुसार उनी श्रीमान कृष्ण लामिछानेसँग झगडा भएपछि भदौ २० गते नजिकै बस्ने आफ्नी दिदी तेजकुमारी लामिछानेको घरमा गएर बस्दै आएकी थिइन्।

‘श्रीमानले मदिरा सेवन गरी झैझगडा गर्न थालेपछि कमला दिदीको घरमा गएको भन्ने अनुसन्धानबाट खुल्यो,’ स्वाँरले भने, ‘दिदीको घरमै रहेको समयमा बिहान शौचालय गएकी कमला नफर्किएपछि ढोका फोडेर हेर्दा मृत फेला परेकी थिइन्।’

बिहान ६ बजे शौचालय गएकी कमला एक घण्टासम्म नफर्किएपछि ढोका फोडेर हेर्दा घोप्टा परेको अवस्थामा फेला पारी उद्धार गरी राप्ती प्रादेशिक अस्पताल पुर्‍याएको केहीबेरमै चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक स्वाँरले बताए।

पोष्टमर्टम रिपोर्टबाट उनले विषादी वा अन्य भित्री चोट पटक केही नदेखिएको हुँदा शौचालयभित्रै लडेर उनको मृत्यु भएको हुन सक्ने अनुमान चिकित्सकले गरेको प्रहरी निरीक्षक स्वाँरले जानकारी दिए।

पोष्टमर्टम रिपोर्टमा नर्मल आयो,’ उनले थपे, ‘पछि भिसेराको रिपोर्टले के देखाउँछ। अन्यथा अहिले त मृत्युको कारण शौचालयमा लडेर भएको भन्नेछ।’

पोष्टमर्टमपछि शव आफन्तले बुझेको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । वैदेशिक रोजगार विभागले व्यक्तिगत श्रम स्वीकृतिको प्रक्रियामा म्यानपावर कम्पनी वा तिनका प्रतिनिधि संलग्न भएको पाइए कडा कारबाही गर्ने चेतावनी दिएको छ। विभागले एक सूचना जारी गर्दै व्यक्तिगत श्रम स्वीकृतिको नाममा इजाजतपत्र प्राप्त संस्थाहरूले कानुन विपरीतका गतिविधि गरिरहेको गुनासो आएपछि यस्तो निर्देशन दिएको हो। हाल वैदेशिक रोजगारीका लागि व्यक्तिगत र संस्थागत गरी दुई प्रक्रियाबाट […]

दाङ । नेकपा (एमाले) दाङले घोराही उपमहानगरपालिकाका एक जना वडाध्यक्षलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासित गरेको छ। घोराही– ४ का वडाध्यक्ष मधुसुदन घिमिरे (मुनाल) घिमिरेलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासित गरेको दाङ प्रचार विभाग प्रमुख संगीत बस्यालले जानकारी दिए। चैत २३ गते घोराहीमा बसेको एमाले जिल्ला कमिटीको बैठकले पार्टीका महासचिव तथा दाङ […]

एजेन्सी । इजरायलका रक्षामन्त्री इजरायल काट्जले लेबननमा आफूहरूले गरेको आक्रमण हेजबुल्लाहका लागि ठुलो प्रहार भएको बताए। बीबीसीका अनुसार उनलेे भने, ‘यदि इरानले इजरायलमा आक्रमण गरेमा कडा जवाफ दिन इजरायली रक्षा बल (आईडीएफ) पूर्ण रूपमा तयार छ।’ रक्षामन्त्री इजरायल काट्जले बुधबार लेबननमा गरिएको हमलामा २०० भन्दा बढी व्यक्ति मारिएको बताएका छन्। उनले ती व्यक्तिहरूलाई आतंकवादी भएको आरोप लगाएका छन्।

error: Content is protected !!