२७ चैत्र २०८२, शुक्रबार
10-04-2026 , Fri
×

निर्वाचनकै मुखमा ३ एआईजीहरु उमेर हदका कारण अनिवार्य अवकाश हुने

Logo
प्रकाशित बिहिबार, भाद्र २३, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । आगामी २०७९ मंसिर ४ गते तोकिएको संघीय प्रतिनिधि र प्रदेश सभा निर्वाचन अगाडि नै नेपाल प्रहरीमा कार्यरत तीन जना एआईजी उमेर हदका कारण अनिवार्य अवकास हुँदैछन । निर्वाचनको सुरक्षाका लागि पहिलो पंक्तिमा खटिने नेपाल प्रहरीका उच्च प्रहरी अधिकारीले त्यतिबेलासम्म ५६ वर्ष उमेर पुगेर अनिवार्य अवकास भएर घर जाने भएका हुन् ।

नेपाल प्रहरीका सबैभन्दा सिनियर विश्वराज पोखरेलको आईजीमा बढुवा नभएपछि २०७९ साउन पहिलो साता राजीनामा दिएका थिए । तर, उनको राजीनामा स्वीकृत नभए पनि २०७९ साउन २० गते अनिवार्य अवकास पाइसकेका छन् ।

त्यसैगरी हाल राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जको प्रमुख समादेशक रहेका एआईजी मुकुन्द आचार्य २०७९ भदौ २२ गते बुधवार अनिवार्य अवकासमा जाँदैछन् ।

त्यस्तै, प्रशासन विभाग प्रमुख रहेका एआईजीपी अरुण कुमार बिसीले पनि दशैं मान्न घर जाने र अवकास हुने दिन २०७९ कार्तिक १४ गते नै परेको छ । उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजीपी रविन्द्र कुमार धानुक नेपालीहरुको महान चाड दशैं र तिहार दुबै मानेर २०७९ कार्तिक २४ गते अवकास पाउने भएका छन् ।

निर्वाचनको कमाण्ड सम्हाल्ने जिम्मेवारी पाएका र हाल निमित्त आइजीपी रहेका सिनियर एआईजी सहकुल थापा, उत्तम सुवेदी र दिवेश लोहनीले भने आईजीपी धीरजप्रताप सिंहसँगै २०७९ चैत्र ११ गते ३० वर्षे सेवा अवधि पूरा गरेर अनिवार्य अवकासमा जाने भएका छन् ।

त्यसभन्दा अघि हाल मानव स्रोत विभाग प्रमुख रहेकी पूजा सिंहले २०७९ फागुन ४ गते उमेर अवकास पाउने भएकी छिन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । वैदेशिक रोजगार विभागले व्यक्तिगत श्रम स्वीकृतिको प्रक्रियामा म्यानपावर कम्पनी वा तिनका प्रतिनिधि संलग्न भएको पाइए कडा कारबाही गर्ने चेतावनी दिएको छ। विभागले एक सूचना जारी गर्दै व्यक्तिगत श्रम स्वीकृतिको नाममा इजाजतपत्र प्राप्त संस्थाहरूले कानुन विपरीतका गतिविधि गरिरहेको गुनासो आएपछि यस्तो निर्देशन दिएको हो। हाल वैदेशिक रोजगारीका लागि व्यक्तिगत र संस्थागत गरी दुई प्रक्रियाबाट […]

दाङ । नेकपा (एमाले) दाङले घोराही उपमहानगरपालिकाका एक जना वडाध्यक्षलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासित गरेको छ। घोराही– ४ का वडाध्यक्ष मधुसुदन घिमिरे (मुनाल) घिमिरेलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासित गरेको दाङ प्रचार विभाग प्रमुख संगीत बस्यालले जानकारी दिए। चैत २३ गते घोराहीमा बसेको एमाले जिल्ला कमिटीको बैठकले पार्टीका महासचिव तथा दाङ […]

एजेन्सी । इजरायलका रक्षामन्त्री इजरायल काट्जले लेबननमा आफूहरूले गरेको आक्रमण हेजबुल्लाहका लागि ठुलो प्रहार भएको बताए। बीबीसीका अनुसार उनलेे भने, ‘यदि इरानले इजरायलमा आक्रमण गरेमा कडा जवाफ दिन इजरायली रक्षा बल (आईडीएफ) पूर्ण रूपमा तयार छ।’ रक्षामन्त्री इजरायल काट्जले बुधबार लेबननमा गरिएको हमलामा २०० भन्दा बढी व्यक्ति मारिएको बताएका छन्। उनले ती व्यक्तिहरूलाई आतंकवादी भएको आरोप लगाएका छन्।

error: Content is protected !!