२७ चैत्र २०८२, शुक्रबार
10-04-2026 , Fri
×

दिउँसै पैसा लुटेर फरार दुई युवक पक्राउ

Logo
प्रकाशित बिहिबार, भाद्र २३, २०७९

(ABC Sanchar)                                                धनुषामा दिउँसै रकम लुटेर फरार भएका दुई जना युवक पक्राउ परेका छन्।

लक्ष्मीनियाँ गाउँपालिका वडा नं. ६ निकाल बस्ने २० वर्षीय भरोशी भन्ने नरेश यादव र वडा नं. ४ बस्ने २३ वर्षीय सरोज दास पक्राउ परेको प्रहरीले जनाएको छ।

बुधबार दिउँसो साढे २ बजे  लक्ष्मीनियाँ गाउँपालिका ४, सपहीस्थित रहेको मेगा बैंकबाट १ लाख ८० हजार रुपैयाँ निकालेर स्थानीय ७५ वर्षीय रामदास घर फर्किंदै गर्दा दुबै जनाले लुटपाट गरेका थिए। धनुषाका एसपी बसन्त रजौरेका अनुसार लुटपाट गर्नुअघि सरोज र नरेश दुबैले बैंकबाट पैसा निकाल्ने व्यक्तिहरूको रेकी गरेका थिए।

दासले पैसा निकालेर घर फर्किंदै गर्दा ज १२ प ८५९३ नम्बरको मोटरसाइकलमा सवार भई एकान्त देखेपछि दुबै जनाले लुटपाट गरेका थिए।

वृद्ध दासलाई एक्लै पैदलै घरतर्फ जाँदै गरेको देखेर दुबै जनाले झोलाबाट पैसा लुटेर भागेका थिए।

अपरिचित व्यक्तिले पैसा लुटेर फरार भएको सूचना प्रहरीमा आएपछि धनुषाका एसपी रजौरे आफैं घटनास्थल पुगेर अनुसन्धान सुरू गरेका थिए।

अनुसन्धान गर्दै जाँदा दुबै जनाले लुटपाट गरेको रकम र मोटरसाइकलसहित बुधबार बेलुकी पक्राउ परेको एसपी रजौरेले बताए।

उनका अनुसार लुटिएको रकममध्ये १ लाख ७५ हजार भरोशीको छाप्रो घरमा माटोमा खाल्डो खनी गाडेको अवस्थामा प्रहरीले बरामद गरेको छ। त्यसैगरी सरोजबाट १ हजार ५ सय बरामद गरिएको उनले बताए।साभार

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । वैदेशिक रोजगार विभागले व्यक्तिगत श्रम स्वीकृतिको प्रक्रियामा म्यानपावर कम्पनी वा तिनका प्रतिनिधि संलग्न भएको पाइए कडा कारबाही गर्ने चेतावनी दिएको छ। विभागले एक सूचना जारी गर्दै व्यक्तिगत श्रम स्वीकृतिको नाममा इजाजतपत्र प्राप्त संस्थाहरूले कानुन विपरीतका गतिविधि गरिरहेको गुनासो आएपछि यस्तो निर्देशन दिएको हो। हाल वैदेशिक रोजगारीका लागि व्यक्तिगत र संस्थागत गरी दुई प्रक्रियाबाट […]

दाङ । नेकपा (एमाले) दाङले घोराही उपमहानगरपालिकाका एक जना वडाध्यक्षलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासित गरेको छ। घोराही– ४ का वडाध्यक्ष मधुसुदन घिमिरे (मुनाल) घिमिरेलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासित गरेको दाङ प्रचार विभाग प्रमुख संगीत बस्यालले जानकारी दिए। चैत २३ गते घोराहीमा बसेको एमाले जिल्ला कमिटीको बैठकले पार्टीका महासचिव तथा दाङ […]

एजेन्सी । इजरायलका रक्षामन्त्री इजरायल काट्जले लेबननमा आफूहरूले गरेको आक्रमण हेजबुल्लाहका लागि ठुलो प्रहार भएको बताए। बीबीसीका अनुसार उनलेे भने, ‘यदि इरानले इजरायलमा आक्रमण गरेमा कडा जवाफ दिन इजरायली रक्षा बल (आईडीएफ) पूर्ण रूपमा तयार छ।’ रक्षामन्त्री इजरायल काट्जले बुधबार लेबननमा गरिएको हमलामा २०० भन्दा बढी व्यक्ति मारिएको बताएका छन्। उनले ती व्यक्तिहरूलाई आतंकवादी भएको आरोप लगाएका छन्।

error: Content is protected !!