२७ चैत्र २०८२, शुक्रबार
10-04-2026 , Fri
×

दाङ एसपी वलिको सक्रियतामा अदालत बाट फरार आरोपी २४ घण्टा भित्र पक्राउ

Logo
प्रकाशित शनिबार, भाद्र २५, २०७९

(सागर थापा)
दाङ । सरकारी वकिल कार्यालय दाङको दुई तला माथिबाट हाम फालेर भागेका थुनुवालाई जिल्ला प्रहरी कार्यालय दाङले २४ घण्टा नबित्दै पक्राउ गरेको छ ।

प्रहरीले म्याद थप्न लगेको बेला शौचालयको झ्यालबाट भागेका थुनुवा लक्ष्मण विश्वकर्मालाई प्रहरीले पुन: पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपि बिर बहादुर वलिले जानकारी दिनुभएको छ ।

विश्वकर्मा बिहिबार अपरान्ह म्याद थपका लागि लगेका बेला सरकारी वकिल कार्यालयको दुई तला माथिको शौचालयको झ्यालबाट हाम फालेर भागेका थिए ।

घोराही उपमहानगरपालिका वडा नम्बर १७ का २२ वर्षीय विश्वकर्मा सुन र पैसा चोरीको अभियोगमा पक्राउ परेका हुन ।

म्याद थप नहुँदै थुनुवा भागेका अभियुक्त विश्वकर्मालाई जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको विशेष प्रहरी टोलीले शुक्रबार राति घोराही चौघेरामा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको दाङ एसपि वलिले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । वैदेशिक रोजगार विभागले व्यक्तिगत श्रम स्वीकृतिको प्रक्रियामा म्यानपावर कम्पनी वा तिनका प्रतिनिधि संलग्न भएको पाइए कडा कारबाही गर्ने चेतावनी दिएको छ। विभागले एक सूचना जारी गर्दै व्यक्तिगत श्रम स्वीकृतिको नाममा इजाजतपत्र प्राप्त संस्थाहरूले कानुन विपरीतका गतिविधि गरिरहेको गुनासो आएपछि यस्तो निर्देशन दिएको हो। हाल वैदेशिक रोजगारीका लागि व्यक्तिगत र संस्थागत गरी दुई प्रक्रियाबाट […]

दाङ । नेकपा (एमाले) दाङले घोराही उपमहानगरपालिकाका एक जना वडाध्यक्षलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासित गरेको छ। घोराही– ४ का वडाध्यक्ष मधुसुदन घिमिरे (मुनाल) घिमिरेलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासित गरेको दाङ प्रचार विभाग प्रमुख संगीत बस्यालले जानकारी दिए। चैत २३ गते घोराहीमा बसेको एमाले जिल्ला कमिटीको बैठकले पार्टीका महासचिव तथा दाङ […]

एजेन्सी । इजरायलका रक्षामन्त्री इजरायल काट्जले लेबननमा आफूहरूले गरेको आक्रमण हेजबुल्लाहका लागि ठुलो प्रहार भएको बताए। बीबीसीका अनुसार उनलेे भने, ‘यदि इरानले इजरायलमा आक्रमण गरेमा कडा जवाफ दिन इजरायली रक्षा बल (आईडीएफ) पूर्ण रूपमा तयार छ।’ रक्षामन्त्री इजरायल काट्जले बुधबार लेबननमा गरिएको हमलामा २०० भन्दा बढी व्यक्ति मारिएको बताएका छन्। उनले ती व्यक्तिहरूलाई आतंकवादी भएको आरोप लगाएका छन्।

error: Content is protected !!