२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

दाङ एसपी वलिको सक्रियतामा अदालत बाट फरार आरोपी २४ घण्टा भित्र पक्राउ

Logo
प्रकाशित शनिबार, भाद्र २५, २०७९

(सागर थापा)
दाङ । सरकारी वकिल कार्यालय दाङको दुई तला माथिबाट हाम फालेर भागेका थुनुवालाई जिल्ला प्रहरी कार्यालय दाङले २४ घण्टा नबित्दै पक्राउ गरेको छ ।

प्रहरीले म्याद थप्न लगेको बेला शौचालयको झ्यालबाट भागेका थुनुवा लक्ष्मण विश्वकर्मालाई प्रहरीले पुन: पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपि बिर बहादुर वलिले जानकारी दिनुभएको छ ।

विश्वकर्मा बिहिबार अपरान्ह म्याद थपका लागि लगेका बेला सरकारी वकिल कार्यालयको दुई तला माथिको शौचालयको झ्यालबाट हाम फालेर भागेका थिए ।

घोराही उपमहानगरपालिका वडा नम्बर १७ का २२ वर्षीय विश्वकर्मा सुन र पैसा चोरीको अभियोगमा पक्राउ परेका हुन ।

म्याद थप नहुँदै थुनुवा भागेका अभियुक्त विश्वकर्मालाई जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको विशेष प्रहरी टोलीले शुक्रबार राति घोराही चौघेरामा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको दाङ एसपि वलिले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!