२४ बैशाख २०८३, बिहिबार
07-05-2026 , Thu
×

चुनावी अभियानमा भोट माग्न व्यस्त कलाकार रेखा थापा मोरङमा

Logo
प्रकाशित बुधबार, भाद्र २९, २०७९


(ABC-Sanchar)
मोरङ । निर्वाचन क्षेत्र-३ बाट राप्रपाबाट प्रतिनिधि सभा चुनावमा सिफारिस भएकी नायिका तथा नेतृ रेखा थापा चुनावी अभियानमा जुटेकी छिन् । थापा पहिलो पटक प्रतिनिधि सभा प्रत्यक्षतर्फ चुनावी प्रतिस्पर्धामा छिन् ।

चुनावी अभियान अन्तरगत उनले निर्वाचन क्षेत्र मोरङ-३ मा पर्ने पथरीशनिश्चरे,कानेपोखरी,बेलबारी र सुन्दर हरैँचाका मतदातासँग भेटघाट गरिन । उनले मोरङ-३ का विभिन्न गाउँ तथा नगरका वडाहरुमा स्थानीयहरु सँग समस्याहरूबारे जानकारी लिइन ।

घरदैलोका क्रममा उनले जनताले नै मतदान गरेर जिताएपछि जनतालाई घृणा,दास र जनताको जीवनलाई नर्क बनाउने, जनताको भोटलाई खरिद विक्री गर्ने, जनतालाई भोट बैंकको रुपमा मात्रै प्रयोग गर्नेलाई अब जनताले भविष्य सुम्पिनु नहुने बताइन ।

मोरङ क्षेत्र नम्बर-३ बाट नेकपा एमालेका तर्फबाट पूर्वस्वास्थ्यमन्त्री भानुभक्त ढकाल उठ्ने चर्चा छ । त्यस्तै कांग्रेसका तर्फबाट मेडिकल व्यवसायी सुनील शर्माको नाम चर्चामा छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले बालेन शाह नेतृत्वको सरकारले कार्की आयोगको प्रतिवेदन कार्यान्वयनबारे गरेको निर्णय पक्षपाती र षड्यन्त्रपूर्ण भएको आरोप लगाएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले सुरक्षाकर्मीको हकमा अध्ययन समिति गठन गर्ने तर तत्कालीन प्रधानमन्त्री, गृहमन्त्रीलगायतको हकमा सोझै कार्यान्वयन गर्ने निर्णय गरेको भन्दै उनले यस्तो कदमले देशलाई पुनः द्वन्द्वतर्फ धकेल्न सक्ने चेतावनी […]

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको शपथ सुरु भएको छ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको पद तथा गोपनीयताको शपथ सुरु भएको हो । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउँदैछन् । संसद् सचिवालयका अनुसार ६३ जना सांसदले नेपाली बाहेकको मातृभाषामा शपथ लिँदैछन् । उनीहरू आ–आफ्नै भेषभूषामा शपथका लागि सिंहदरबार पुगेका छन् ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले समानुपातिक सांसदलाई मन्त्री नबनाउने निर्णय लिएको छ । पार्टीको चुनाव चिन्हमा कानून बनाउने विश्वासमा मत आएका कारण समानुपातिक सांसदलाई अन्य कुरामा नअल्झाउने कुरामा नेतृत्व प्रस्ट भएपछि यो निर्णय लिएको एक नेताले बताए ।

error: Content is protected !!