२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

लगातारको बर्षाले पूर्वी नवलपरासीमा १ सय ४४ घरहरु डुबानमा

Logo
प्रकाशित शनिबार, आश्विन २२, २०७९


(ABC-Sanchar)
नवलपरासी । अविरल वर्षा पछि नारायणी नदी र अन्य खोलामा आएको बाढीमा परेर शुक्रबार पूर्वी नवलपरासीका एक सय ४४ घर डुबानमा परेका छन् ।

बुधबार रातिदेखि परेको अविरल वर्षा पछि जिल्ला हुँदै बग्ने नारायणी नदी र अन्य खोलामा आएको बाढीमा परेर उक्त सङ्ख्याका घर डुबानमा परेका पूर्वी नवलपरासी जिल्लाप्रहरी कार्यालयका प्रवक्ता सन्तोष पाठकले बताए । उनका अनुसार बाढीका कारण गैंडाकोट मा ८०, मध्यविन्दुमा २०, विनयी त्रिवेणीमा २८ र हुप्सेकोटमा १६ घर गरेर १ सय ४४ घर डुबानमा परेका हुन् ।

त्यसैगरी लगातार वर्षाले गर्दा खसेको पहिरोका कारण जिल्ला सदरमुकामबाट पहाडी क्षेत्रका स्थानीय तह बौदीकाली र बुलिङ्गटार जोडने दलदले–कुमसोत– पोखरी सडकको पाङ्ग्रेमा पहिरो जाँदा अवरुद्ध भएको सडक चालु हुन सकेको छैन भने जिल्लाको गैंडाकोटबाट पहाडी क्षेत्र जोडने कालीगण्डकी करिडोरमा गएको पहिरोसमेत पन्छाउन नसक्दा कालीगण्डकी करिडोरसमेत अवरुद्ध भएको प्रवक्ता पाठकले बताए ।

पहाडीक्षेत्र जोडने मुख्यसडकहरु पहिरोले अवरुद्ध हुँदा त्यहाँ पछिल्लो ७२ घण्टादेखि सडक सम्पर्कबाट विच्छेद भएको छ । सडक सम्पर्क बिच्छेद भए पछि दसैं मान्न घर गएकाहरु फर्किन पाएका छैनन भने बिरामी भएर सदरमुकाम र चितवनसम्म पुग्नु पर्ने बिरामीहरु समस्यामा परेका छन् । पहाडी क्षेत्रलाई जोड्ने सडक अवरुद्ध भएपछि सो क्षेत्रका बासिन्दा सदरमुकाम आउनु परे तनहुँको भिमान-खैरेनीटार-मुग्लिन-नारायणगढ हुँदै कावासोती आउनुपर्ने बाध्यता भएको छ ।

लगातार परेको वर्षा पछि खसेको पहिरोका कारण जिल्लाको बौदिकाली र बुलिङ्गटारमा दुईवटा घर र बुलिङ्गटारमा एउटा गोठमा क्षति पुगेको प्रहरीले जनाएको छ । त्यस्तै जिल्लाकै विनयी त्रिवेणी–१ बगुवनमा नारायणीमा आएको बाढी पस्दा दुईसय हेक्टर बढी पाक्न लागेको धानबालीमा पूर्णरुपमा क्षति पुगेको छ ।

नारायणी नदीमा यस वर्षकै उच्च बाढी आएका कारण जिल्लाको नदीतटीय क्षेत्रको जनजीवन पूर्णरुपमा क्षति भएको छ । गण्डक बाँधमा शुक्रबार साँझ ८ बजे चारलाख १२ हजार पानीको बहाव मापन गरिएको जिल्लाका प्रहरी प्रमुख भूवनेश्वर तिवारीले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । यस्तै परिवेशमा आफूलाई स्थापित गर्न सफल भएकी छन्, माधवा शर्मा पोखरेल । उनी नेपालको पश्चिम क्षेत्रमा सक्रिय महिला हुन् । ज्योतिषमा स्नातकोत्तर (आचार्य) तहको अध्ययन गरेर उनले आफ्नो निजी कार्यालयमार्फत ग्रह गणनादेखि भविष्यवाणी र मोटिभेसनल गाइडेन्स जस्ता विविध सेवा दिइरहेकी छन् । ज्योतिषशास्त्र पढाइतर्फ कसरी आकर्षित हुनुभयो ? यो विषयमा आकर्षण भयो भन्नुभन्दा […]

दाङ लगायत देशका विभिन्न जिल्लामा हाल वर्षा उच्च पहाडी क्षेत्रमा हिमपा सम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणाली र पश्चिमी वायुको प्रभावले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, कोशी र बागमती प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको हाे । सुदूरपश्चिम र कर्णाली प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ । पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै वर्षा कालीकोटको […]

काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको तथा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा साधारणतयादेखि अधिकांश बदली रही बाँकी प्रदेश बदली रहेको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ । साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम, कर्णाली, […]

error: Content is protected !!