२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

सशस्त्र प्रहरी बल प्रधान कार्यालयले दुई विवादास्पद एसपीलाई कारबाहीस्वरुप इन्चार्जबाट हटाएको छ

Logo
प्रकाशित बिहिबार, कार्तिक ०३, २०७९

सशस्त्र प्रहरी बल प्रधान कार्यालयले दुई विवादास्पद एसपीलाई कारबाहीस्वरुप इन्चार्जबाट हटाएको छ । सप्तरीमा कार्यरत प्रदीप खड्का र दार्चुलाका एसपी त्रिभुवन बिष्टलाई हटाइएको हो । खड्काको तालिम शिक्षालय ककनी, बिष्टको प्रधान कार्यालयमा सरुवा भएको छ ।

दुवै गणमा नयाँ एसपी पठाइएको छ । सप्तरीमा तिर्थ पौडेल तथा दार्चुलामा डम्बर बिष्टलाई पठाइएको छ । सप्तरीका एसपी खड्काले तस्करीको लाइन खोलेका थिए । सोही क्रममा दुई प्रहरीबीच नै विवाद हुँदा जवानले असइको हत्या गरेका थिए ।
त्यस्तै, दार्चुलाका एसपी बिष्ट रासन घोटालमा यसअघि नै त्यहाँबाट हटाइएका थिए । दार्चुला फर्किने उनको योजना असफल भएको छ ।

सशस्त्र प्रहरी मुख्यालयले केही इन्चार्जमाथि छानबिन गरिरहेको छ । खासगरी तराईका जिल्लाका इन्चार्जहरुमाथि गोप्य छानबिन भइरहेको स्रोत बताउँछ ।साभार

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । चन्द्रौटा स्थित बैंकमा रकम जम्मा गर्न आएका एक व्यक्तिबाट नक्कली नोट फेला परेको छ। जाँचका क्रममा फेला*: बैंकले रकम गन्दा वा मेसिनमा जाँच्दा नक्कली नोट पत्ता लागेको कारबाही प्रक्रिया*: यस्तो अवस्थामा बैंकले तुरुन्त प्रहरीलाई खबर गरेर नोट र सम्बन्धित व्यक्तिलाई नियन्त्रणमा लिने प्रचलन छ । अनुसन्धान नोट कहाँबाट आयो, कसले दिएको हो भन्ने […]

काठमाडौं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट एकल बहुमत ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता वालेन्द्र शाह प्रधानमन्त्री भएपछि एकपछि अर्को गरी कर्मचारीहरूको मान मर्दन गर्ने काम भइरहेको छ । मुख्यगरी सरकारका मन्त्री, प्रधानमन्त्री शाहको सचिवालय र सत्तारुढ दल रास्वपाका सांसदहरूबाट स्थायी सरकार (निजामती कर्मचारी)को मानमर्दन गर्ने काम भइरहेको छ । […]

काठमाडौं । पहिले सूचना विभागले जारी गरेको पत्रकार परिचय पत्रका आधारमा सिंहदबार प्रवेश दिइने गरिएको थियो। तर बिहीबार परिचय पत्र देखाएरसमेत सिंहदबार प्रवेश दिइएको छैन। सिंहदबार छिर्नका लागि के काम जाने लागेको? कसलाई भेट्ने?लगायत विवरणहरू गेटमा लेखेपछि मात्र प्रवेश दिइएको छ। यसअघिका दिनहरूमा यस्तो हुने गरेको थिएन। परिचय पत्र देखाएमा कहाँ जाने भन्ने सोध्ने गरिएको […]