१८ साउन २०८२, आइतबार
03-08-2025 , Sun
×

चितुवाको आक्रमणबाट शुक्रबार बिहान बालिकाको मृत्यु

Logo
प्रकाशित शुक्रबार, कार्तिक ०४, २०७९

तनहुँ । बन्दीपुर गाउँपालिका-३ सिस्नेघारीमा चितुवाको आक्रमणबाट शुक्रबार बिहान बालिकाको मृत्यु भएको छ ।

घरबाट सानिआमाको घर जाने क्रममा सालघारीमा चितुवाले आक्रमण गर्दा ११ वर्षीया बीना चेपाङको मृत्यु भएको हो । बिहान ६ः३० बजेको समयमा चितुवाले बालिकाको घाँटीमा आक्रमण गरेको गाउँपालिकाका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए ।

बन्दीपुरमा चितुवाको आक्रमण बढ्दो छ । गत असारमा पनि बन्दीपुर गाउँपालिका–१ र ४ मा चितुवाको आक्रमणबाट बालकको मृत्यु भएको थियो । २ जना घाइते भएका थिए ।चितुवाको आक्रमणबाट पछिल्लो ५ वर्षमा १२ बालबालिकाले ज्यान गुमाएका छन् ।साभार

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  भारत । उत्तर प्रदेश दुर्घटना इटियाथोकको बेलवा बहुता रेहरा पुलमा भएको थियो, जहाँ एसयूभी कार नहरमा पल्टिएको थियो। इटियाथोक प्रहरी चौकीका एसएचओ कृष्णराज राईले बीबीसी हिन्दीलाई बताएअनुसार एसयूभी कारमा चालकसहित १५ जना थिए। यी व्यक्तिहरू मोतीगञ्ज सिहागाउँबाट पृथ्वीनाथको जलाभिषेक गर्न जाँदै थिए। दुर्घटनाको जानकारी पाउने बित्तिकै जिल्लाका एसपी र डीएम लगायत अन्य अधिकारीहरू घटनास्थलमा […]

काठमाडौं । पक्राउ पर्नेमा ठमेलकै ओम्निया क्लबका सञ्चालक राजेन्द्र गुरुङ छन् । उनलाई शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले बताए । १४ साउनमा ठमेलकै दोहोरी साँझमा गुण्डागर्दीमा संलग्न भनिएका सानुभाइ भनिने र युवराज गुरुङ र राजेन्द्र गुरुङ समूहका व्यक्तिबीच झगडा भएको थियो । सो क्रममा दुई पक्षका तीन जनालाई त्यतिबेलै प्रहरी […]

काठमाडौं । प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल आइतबार राति ११ः५५ बजे फ्लाई दुुबईको उडानबाट दुुबई हुँदै तुर्कमेनिस्तान भ्रमणमा जाँन लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले  शनिबार नै राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भेट गर्दै आफ्नो तुर्कमेनिस्तान भ्रमणबारे अवगत गराएका थिए। यही साउन २० देखि २३ गतेसम्म (५ देखि ८ अगस्ट) अवाजा सहरमा आयोजना हुने सम्मेलनमा तुर्कमिनिस्तानका […]

error: Content is protected !!