०४ बैशाख २०८३, शुक्रबार
17-04-2026 , Fri
×

शताब्दी पुरुष डा. सत्यमोहन जोशीको श्रद्दान्जली सभा

Logo
प्रकाशित शनिबार, कार्तिक ०५, २०७९

(तुफानबाबु श्रेष्ठ)

दाङ । तुलसीपुर शताब्दी पुरुष डा. सत्यमोहन जोशीको सातौ दिनको पुण्यतिथिमा नेवा: समाज तुलसीपुरले शनिवार श्रद्दान्जली सभाको आयोजना गरेको छ । कार्यक्रमका प्रमुख अतिथी नेवा: देय दबु केन्द्रिय उपाध्यक्ष नरेश कुमार राजभण्डारीले लोक साहित्य, संस्कृति, कलालगायत नेपालको पहिचानसँग जोडिएका विभिन्न क्षेत्रमा जिज्ञासु रहेर दशकौँसम्म योगदान पुर्‍याएका संस्कृतिविद् डा. सत्यमोहन जोशीको निधनप्रति दुःख व्यक्त गर्दै मुलुकले अभिभावक गुमाएको पीडाबोध भएको बताउनु भएको छ । जोशीको प्रेरणादायी जिवनी सबैले अनुसरण गर्न सकेमा मात्र उहाँ प्रति सच्चा सम्मान हुने केन्द्रिय उपाध्यक्ष राजभण्डारीको भनाइ थियो ।
नेवा: समाज तुलसीपुरका अध्यक्ष पुष्कर श्रेष्ठको अध्यक्षतामा भएको श्रद्दान्जली सभामा सचिव तुफानबाबु श्रेष्ठले जोशीको जीवनी वाचन गर्नुभएको थियो । कार्यक्रमका विशिष्ट अतिथी नेवा: देय दबु लुम्बिनी प्रदेश सदस्य नबराज श्रेष्ठ, नेवा: देय दबु जिल्ला अध्यक्ष बिनोद कुमार श्रेष्ठ तथा मिसा दबु तुलसीपुरकी अध्यक्ष रिना श्रेष्ठ लगायतले शताब्दी पुरुष डा. सत्यमोहन जोशीप्रति श्रद्दान्जली व्यक्त गर्नु भएको थियो ।
श्रद्दान्जली सभामा नेवा: देय दबु जिल्ला कोषाध्यक्ष बुद्ध प्रकाश सिंहले आँफैले रचना गरेको जोशीप्रति समर्पित कविता प्रस्तुत गर्नुभएको थियो ।
उल्लेख्य मात्रामा नेवा: समाजका सदस्यहरुको उपस्तिथी रहेको कार्यक्रमको सहजिकरण समाजकी महासचिव सुद्रिष्टी श्रेष्ठले गर्नु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । बिहीबार साँझ सुरक्षा पत्रकारहरुसँगको भेटघाटका क्रममा गृहमन्त्री सुद्न गुरुङले उक्त कुरा बताएका हुन् । ‘म गल्ती गर्ने कसैलाई छाड्नि । मेरै बाबुले नै गल्ती गरेको भए पनि छाड्दिन’ गुरुङले भने । भीआईपीलाई अदालतले छाडेको भने उनले असन्तुष्टि पोखे । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अधक्ष्य केपी शर्मा ओलीलाई रातभर आफू र सुरक्षा निकायका प्रमुख […]

एजेन्सी । इजरायली सेनाले बिहीबार गरेको मिसाइल हमलामा दक्षिण लेबनानको अन्तिम सकुशल पुल पनि ध्वस्त भएको छ । बीबीसीका अनुसार नबतिएह सहरमा हमलापछि धुँवा नै धुँवा उठेको छ । लिटानी नदीमाथिको सो पुल रहेको क्षेत्रमा सो सहर छ । जहाँ ४० हजार भन्दा बढी मानिसको बसोबास छ । यो हमलापछि अब लेबनानको दक्षिणी क्षेत्रसँग जोड्ने […]

बाँके । सशस्त्र प्रहरीले मात्र चेकजाँच गर्दै आएको उक्त चोकमा सशस्त्र प्रहरी सँगै नेपाल प्रहरीले पनि चेकजाँच सुरु गर्न थालेको हो ।एकिकृत जाँच चौकी (आइसीपी) र जमुनाहबाट आउने सवारी साधन तथा मालबाहक गाडीको चेकजाँच गर्न सोमवारदेखि नेपाल प्रहरी पनि परिचालन भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले जानकारी दिए ।चौलिका चोकमा खटिने […]

error: Content is protected !!