०४ बैशाख २०८३, शुक्रबार
17-04-2026 , Fri
×

लागुऔषध ओसारपसारमा सहयोग गरेको आरोपमा एक जना प्रहरी सहायक हवल्दार पक्राउ

Logo
प्रकाशित शुक्रबार, कार्तिक ११, २०७९

लागुऔषध ओसारपसारमा सहयोग गरेको आरोपमा एक जना प्रहरी सहायक हवल्दार पक्राउ परेका छन्। कैलाली कारागारमा लागुऔषध ओसारपसारमा सघाएको आरोपपछि प्रहरी सहायक हवल्दार अपिल भाट पक्राउ परेका हुन्।

३१ असोजमा धनगढी उपमहानगरपालिका– ७ हुलाकी राजमार्गको मनेहराबाट १३ ग्राम लागुऔषधसहित कैलारी गाउँपालिका–६ बस्ने ३३ वर्षीय यादवकुमार चौधरी पक्राउ परेका थिए। उनले सहायक हवल्दार भाटले आफूलाई लागुऔषध ओसारपसारमा सघाएको बयान दिएपछि भाट पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी वेदप्रकाश जोशीले प्रहरी सहायक हवल्दार भाटलाई पक्राउ गरेर घटनाबारे अनुसन्धान भइरहेको पुष्टि गरे। कारागारमा आश्रित कैदीबन्दीका लागि लागुऔषध ओसारपसार गर्ने गरेको आरोपपछि पक्राउ परेका भाटलाई निलम्बन गरेर उनीमाथि अनुसन्धान भइरहेको जोशीको भनाइ छ।

सुदूरपश्चिम प्रदेश अनुसन्धान ब्यूरोको टोलीले लागुऔषधसहित से ३ प २६८० नम्बरको मोटरसाइकलमा भारतबाट लागुऔषध ल्याउँदै गरेको अवस्थामा पक्राउ गरेका चौधरीले प्रहरीसमक्ष उक्त लागुऔषध कारागारमा रहेका कैदी सन्तलाल डगौराका लागि ल्याएको बताएका थिए।

सोही क्रममा चौधरीले कारागारमा रहेका प्रहरी सहायक हवलदार भाटमार्फत चौकिदार बसन्त बुढा र सन्तोश शाही हुँदै डगौरासम्म पुर्‍याउने गरेको बयान दिएपछि उनीहरू अनुसन्धानमा तानिएका हुन्। बुढा र शाहीमाथि पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।रास्स

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । बिहीबार साँझ सुरक्षा पत्रकारहरुसँगको भेटघाटका क्रममा गृहमन्त्री सुद्न गुरुङले उक्त कुरा बताएका हुन् । ‘म गल्ती गर्ने कसैलाई छाड्नि । मेरै बाबुले नै गल्ती गरेको भए पनि छाड्दिन’ गुरुङले भने । भीआईपीलाई अदालतले छाडेको भने उनले असन्तुष्टि पोखे । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अधक्ष्य केपी शर्मा ओलीलाई रातभर आफू र सुरक्षा निकायका प्रमुख […]

एजेन्सी । इजरायली सेनाले बिहीबार गरेको मिसाइल हमलामा दक्षिण लेबनानको अन्तिम सकुशल पुल पनि ध्वस्त भएको छ । बीबीसीका अनुसार नबतिएह सहरमा हमलापछि धुँवा नै धुँवा उठेको छ । लिटानी नदीमाथिको सो पुल रहेको क्षेत्रमा सो सहर छ । जहाँ ४० हजार भन्दा बढी मानिसको बसोबास छ । यो हमलापछि अब लेबनानको दक्षिणी क्षेत्रसँग जोड्ने […]

बाँके । सशस्त्र प्रहरीले मात्र चेकजाँच गर्दै आएको उक्त चोकमा सशस्त्र प्रहरी सँगै नेपाल प्रहरीले पनि चेकजाँच सुरु गर्न थालेको हो ।एकिकृत जाँच चौकी (आइसीपी) र जमुनाहबाट आउने सवारी साधन तथा मालबाहक गाडीको चेकजाँच गर्न सोमवारदेखि नेपाल प्रहरी पनि परिचालन भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले जानकारी दिए ।चौलिका चोकमा खटिने […]

error: Content is protected !!