०४ बैशाख २०८३, शुक्रबार
17-04-2026 , Fri
×

वडाध्यक्ष भानुभक्त पाण्डेमाथि आक्रमण

Logo
प्रकाशित शनिबार, कार्तिक १२, २०७९

रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष भानुभक्त पाण्डेमाथि आक्रमण भएकाे छ।

बिहीबार राति बाँसगढीबाट तामनगरतर्फ साथीलाई घर छाेड्न जाँदै गरेका वडाध्यक्ष पाण्डेमाथि आक्रमण भएको हो। उनलाई सैनामैना-२ कालिका चाेकमा आक्रमण भएकाे प्रहरीले जनाएको छ।

पाण्डेले आफूमाथि आक्रमण गर्नेहरू नेपाली कांग्रेसको भातृ संगठन तरूण दलका कार्यकर्ता भएकाे दाबी गरेका छन्।

´मोटरसाइकलमा आएको एक समुहले मेराे गाडी पछ्याउँदै आएर गाडी राेकी म र मेराे गाडीमा आक्रमण गरे,´ उनले भने।

आक्रमणबाट वडा अध्यक्ष पाण्डे घाइते भएका छन्। उनको गाडीकाे अगाडिकाे सिसा फुटेको छ।

ईलाका प्रहरी कार्यालय रन्यौराले वडा अध्यक्ष पाण्डेमाथि आक्रमण गर्ने सैनामैना-२ का कसिस श्रेष्ठ, स‌ैनामैना ४ का राजन कालामगर र स‌ैनामैना ५ का अर्जुन भुसाललाई नियन्त्रणमा लिएकाे जनाएको छ।

पाण्डेमाथि आक्रमण गर्नेहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरेको प्रहरीले जनाएको छ।रास्स

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । बिहीबार साँझ सुरक्षा पत्रकारहरुसँगको भेटघाटका क्रममा गृहमन्त्री सुद्न गुरुङले उक्त कुरा बताएका हुन् । ‘म गल्ती गर्ने कसैलाई छाड्नि । मेरै बाबुले नै गल्ती गरेको भए पनि छाड्दिन’ गुरुङले भने । भीआईपीलाई अदालतले छाडेको भने उनले असन्तुष्टि पोखे । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अधक्ष्य केपी शर्मा ओलीलाई रातभर आफू र सुरक्षा निकायका प्रमुख […]

एजेन्सी । इजरायली सेनाले बिहीबार गरेको मिसाइल हमलामा दक्षिण लेबनानको अन्तिम सकुशल पुल पनि ध्वस्त भएको छ । बीबीसीका अनुसार नबतिएह सहरमा हमलापछि धुँवा नै धुँवा उठेको छ । लिटानी नदीमाथिको सो पुल रहेको क्षेत्रमा सो सहर छ । जहाँ ४० हजार भन्दा बढी मानिसको बसोबास छ । यो हमलापछि अब लेबनानको दक्षिणी क्षेत्रसँग जोड्ने […]

बाँके । सशस्त्र प्रहरीले मात्र चेकजाँच गर्दै आएको उक्त चोकमा सशस्त्र प्रहरी सँगै नेपाल प्रहरीले पनि चेकजाँच सुरु गर्न थालेको हो ।एकिकृत जाँच चौकी (आइसीपी) र जमुनाहबाट आउने सवारी साधन तथा मालबाहक गाडीको चेकजाँच गर्न सोमवारदेखि नेपाल प्रहरी पनि परिचालन भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले जानकारी दिए ।चौलिका चोकमा खटिने […]

error: Content is protected !!