०४ बैशाख २०८३, शुक्रबार
17-04-2026 , Fri
×

स्पेनबाट कतार आउन लागेका फुटबल फ्यान इरानमा परे पक्राउ

Logo
प्रकाशित शनिबार, कार्तिक १२, २०७९

अर्को महिना कतारमा हुने फिफा विश्वकप हेर्न दक्षिणी युरोपेली मुलुक स्पेनबाट हिँड्दै आइरहेका एकजना फ्यान इरानमा पक्राउ परेका छन्।

अलजजिरा टेलिभिजनका अनुसार गत जनवरीमा म्याड्रिड नजिकैको घरबाट कतारका लागि हिँडेका ४१ वर्षका सान्टिएगो सान्चेज कोजेडोर अक्टोबरको सुरूमा इराकबाट इरानको सीमामा प्रवेश गरेका थिए। स्पेनदेखि इरानसम्मको यात्रा उनले हिँड्दै र कुनै ठाउँमा डुंगामा चढेर पार गरेका थिए। उनी इरान हुँदै कतार जान लागेका थिए।

बाटोमा उनी कुनै ठाउँमा आफूले बोकेको टेन्टमा सुत्थे भने कुनै ठाउँमा होटलमा पनि बस्थे। उनले आफ्नो यात्राका विवरणहरू सामाजिक सञ्जाल इन्स्टाग्राममा राख्ने गरेका थिए।

एउटा भिडिओमा उनले भनेका थिए- यदि तपाईं आफ्ना सपनाका लागि समयसीमा तोक्नुहुन्न भने ती सपना पूरा गर्न सक्नुहुन्न। यो दिन म हिँड्छु र यो दिन छोड्छु भन्ने तय गर्नेपर्छ ।

इरानमा केही सातायता हिंसात्मक प्रदर्शनहरू भइरहेका छन्। गत अक्टोबर १ मा सान्टिएगोले आफ्नो परिवारसँग कुरा गरेका थिए। पछि उनी सम्पर्कविहीन भएका थिए। त्यसपछि उनका आमाबुवाले स्पेनको विदेश मन्त्रालयमा छोराका बारे जानकारी लिइदिन अनुरोध गरेका थिए।

अहिले उनकी आमाले आफ्ना छोरालाई इरानमा सुरक्षाकर्मीले पक्राउ गरेर राखेको र उनको अवस्था सामान्य रहेको जानकारी पाएको बताएकी छन्।

इरानस्थित स्पेनका राजदूतले सान्टिएगोलाई भेट्न दिन इरानी अधिकारीहरूलाई अनुरोध गरेको उनले बताइन्।

इरानी अधिकारीहरूले भने यसबारे कुनै प्रतिक्रिया दिएका छैनन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । बिहीबार साँझ सुरक्षा पत्रकारहरुसँगको भेटघाटका क्रममा गृहमन्त्री सुद्न गुरुङले उक्त कुरा बताएका हुन् । ‘म गल्ती गर्ने कसैलाई छाड्नि । मेरै बाबुले नै गल्ती गरेको भए पनि छाड्दिन’ गुरुङले भने । भीआईपीलाई अदालतले छाडेको भने उनले असन्तुष्टि पोखे । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अधक्ष्य केपी शर्मा ओलीलाई रातभर आफू र सुरक्षा निकायका प्रमुख […]

एजेन्सी । इजरायली सेनाले बिहीबार गरेको मिसाइल हमलामा दक्षिण लेबनानको अन्तिम सकुशल पुल पनि ध्वस्त भएको छ । बीबीसीका अनुसार नबतिएह सहरमा हमलापछि धुँवा नै धुँवा उठेको छ । लिटानी नदीमाथिको सो पुल रहेको क्षेत्रमा सो सहर छ । जहाँ ४० हजार भन्दा बढी मानिसको बसोबास छ । यो हमलापछि अब लेबनानको दक्षिणी क्षेत्रसँग जोड्ने […]

बाँके । सशस्त्र प्रहरीले मात्र चेकजाँच गर्दै आएको उक्त चोकमा सशस्त्र प्रहरी सँगै नेपाल प्रहरीले पनि चेकजाँच सुरु गर्न थालेको हो ।एकिकृत जाँच चौकी (आइसीपी) र जमुनाहबाट आउने सवारी साधन तथा मालबाहक गाडीको चेकजाँच गर्न सोमवारदेखि नेपाल प्रहरी पनि परिचालन भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले जानकारी दिए ।चौलिका चोकमा खटिने […]

error: Content is protected !!