०४ बैशाख २०८३, शुक्रबार
17-04-2026 , Fri
×

आगलागी हुँदा तीन घर जलेर नष्ट

Logo
प्रकाशित आइतबार, कार्तिक १३, २०७९

उदयपुरको कटारी–८ स्थित ढुङ्गेमा आइतबार आगलागी हुँदा तीन घर जलेर नष्ट भएको छ । आगलागीबाट स्थानीय पूर्णबहादुर मगर, सन्तबहादुर मगर र यज्ञबहादुर मगरको घर पूर्ण रुपमा जलेर नष्ट भएको हो ।

पूर्णबहादुरको घरबाट एक्कासी आगलागी सुरु भएर अन्य दुई घरसमेत जलेर नष्ट भएको वडाध्यक्ष नविन तामाङले बताए । आगलागीबाट झण्डै ४६ लाख रुपैयाँको क्षति भएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक रविन कार्कीले बताए ।

आगलागीमा परी पूर्णबहादुरको अन्नपात, सुनचाँदी, पशुचौपाया गरी रु २५ लाख, सन्तबहादुर मगरको घर, काठपात लगायत गरी १५ लाख रुपैयाँ र यज्ञबहादुर मगरको घरसहित छ लाख रुपैयाँ बराबरको क्षति भएको पनि प्रहरी उपरीक्षक कार्कीले बताए ।

एक्कासी सुरु भएको आगलागी साँझ नियन्त्रणमा आएको वडाध्यक्ष तामाङले बताए । स्थानीय र प्रहरी चौकी वेतेनीको सुरक्षाकर्मीहरूले आगो नियन्त्रणमा लिएका हुन् ।रास्स

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । बिहीबार साँझ सुरक्षा पत्रकारहरुसँगको भेटघाटका क्रममा गृहमन्त्री सुद्न गुरुङले उक्त कुरा बताएका हुन् । ‘म गल्ती गर्ने कसैलाई छाड्नि । मेरै बाबुले नै गल्ती गरेको भए पनि छाड्दिन’ गुरुङले भने । भीआईपीलाई अदालतले छाडेको भने उनले असन्तुष्टि पोखे । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अधक्ष्य केपी शर्मा ओलीलाई रातभर आफू र सुरक्षा निकायका प्रमुख […]

एजेन्सी । इजरायली सेनाले बिहीबार गरेको मिसाइल हमलामा दक्षिण लेबनानको अन्तिम सकुशल पुल पनि ध्वस्त भएको छ । बीबीसीका अनुसार नबतिएह सहरमा हमलापछि धुँवा नै धुँवा उठेको छ । लिटानी नदीमाथिको सो पुल रहेको क्षेत्रमा सो सहर छ । जहाँ ४० हजार भन्दा बढी मानिसको बसोबास छ । यो हमलापछि अब लेबनानको दक्षिणी क्षेत्रसँग जोड्ने […]

बाँके । सशस्त्र प्रहरीले मात्र चेकजाँच गर्दै आएको उक्त चोकमा सशस्त्र प्रहरी सँगै नेपाल प्रहरीले पनि चेकजाँच सुरु गर्न थालेको हो ।एकिकृत जाँच चौकी (आइसीपी) र जमुनाहबाट आउने सवारी साधन तथा मालबाहक गाडीको चेकजाँच गर्न सोमवारदेखि नेपाल प्रहरी पनि परिचालन भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले जानकारी दिए ।चौलिका चोकमा खटिने […]

error: Content is protected !!