०१ बैशाख २०८३, मंगलबार
14-04-2026 , Tue
×

नेपाल प्रहरीको ३ जना एआईजीहरु रिक्त कात्तिक २५ गते धानुक पनि अवकाश हुँदै

Logo
प्रकाशित मंगलबार, कार्तिक १५, २०७९

ABC (क्राईमबिट)

काठमाडौँ । नेपाल प्रहरीमा आजदेखि ३ जना अतिरिक्त महानिरीक्षक (एआईजी) रिक्त भएका छन्।

एआईजी अरुणकुमार बिसीको अवकाशपछि रिक्त एआईजीको संख्या ३ पुगेको हो।

अरुणकुमार १५ दिन अघिबाटै बिदा बसेका थिए। उनी प्रशासन विभागमा कार्यरत थिए।

त्यसअघि गत साउन २० गते एआईजी विश्वराज पोखरेल र भदौ २३ मा मुकुन्दराज आचार्य पनि अनिवार्य अवकाश भएका थिए। उनीहरू तीनै जना एआईजी ५६ वर्षे उमेर हदका कारण अवकाश भएका हुन्।

कात्तिक २५ गते एआईजी रवीन्द्रबहादुर धानुक पनि अवकाश हुने भएका छन्। उनको अवकाशपछि मात्रै एआईजी बढुवा गर्ने सरकारको तयारी छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले मुलुकको समृद्धिका लागि सञ्चारको बलियो सहभागिता हुनुपर्ने बताउनुभएको छ। थुर्पा अनलाइनले मङ्गलबार घोराहीमा आयोजना गरेको शुभकामना आदानप्रदान एवं क्यालेन्डर विमोचन कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहनुभएका प्रियासनले संचार क्षेत्र सृजनशीलताको अगुवाई गर्ने बलियो माध्यम भएका कारण सञ्चारको सहभागिता बिना मुलुकको समृद्धि असम्भव र दीर्घकालीन हुन […]

एजेन्सी । पाकिस्तानको उत्तर पश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा अज्ञात बन्दुकधारीको समूहले पोलियो अभियानमा खटिएका प्रहरीको गाडीमा आक्रमण गर्दा कम्तीमा एक जना प्रहरीको मृत्यु हुनुका साथै अन्य पाँच जना घाइते भएको आधिकारिक स्रोतहरूले बताएका छन् । आक्रमणको घटना हंगु जिल्लामा भएको थियो, जहाँ प्रहरी टोली पोलियो विरोधी अभियानको लागि सुरक्षा प्रभाव गर्ने कर्तव्य पालन गर्न जाँदै थियो, […]

दाङको तुलसीपुरमा एक होटेलबाट तरवारसहित ८ जना पक्राउ, दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नं.६ स्थित दारी चिया घरबाट तरवार र खुकुरीसहित ८ जनालाई पक्राउ गरिएको हो ।

error: Content is protected !!