२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

ग्यास लिक, निसासिएर १ जनाको मृत्यु

Logo
प्रकाशित बिहिबार, कार्तिक १७, २०७९

विराटनगर ४ मा रहेको रामजानकी कोल्ड स्टोरमा ग्यास लिक हुँदा निसास्सिएर एक जना कामदारको मृत्यु भएको छ ।  कोल्ड स्टोरमा बिहीबार दिउँसो अचानक ग्यास लिक हुँदा  निसासिएर कोल्ड स्टोरका कामदार विराटनगर–५ का ५४ वर्षीय रौदी चौधरीको मृत्यु भएको हो । चौधरी कोल्ड स्टोरका मिस्त्री हुन् । कोल्ड स्टोरभित्र ग्यास लिक भएपछि निसासिएर बेहोस भएको अवस्थामा चौधरीलाई फेला पारिएको र उपचारको क्रममा विराटनगरस्थित विराट नर्सिङ होममा उपचारको क्रममा मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । स्थानीयका अनुसार चौधरी कोल्ड स्टोरभित्र काम गरिरहेका थिए । त्यही बेला अचानक ग्यास लिक भएको हो । प्रहरीका अनुसार बाहिर निस्कन नपाउँदै चौधरी बेहोस भएर त्यहीँ ढलेका थिए । शव पोस्टमार्टमका लागि कोसी अस्पताल लगेर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ । अनुसन्धानपछि मात्रै ग्यास कसरी लिक भयो भन्ने बारेमा पत्ता लाग्ने उनको भनाइ छ ।आवश्यक पर्ने ग्यास कोल्ड स्टोरले भण्डारण स्टक गरेर राखेको थियो । भण्डारणस्थलबाटै ग्यास लिक भएको पाइएको प्रहरीले जनाएको छ । सुरक्षित र व्यवस्थित तरिकाले भण्डारण नगर्दा ग्यास लिक भएर मानवीय क्षति हुन पुगेको स्थानीयले बताए । कोल्ड स्टोरको लापरबाहीले घटना भएको भन्दै सत्यतथ्य छानबिन हुनुपर्ने माग स्थानीयले राखेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]