२४ बैशाख २०८३, बिहिबार
07-05-2026 , Thu
×

३ शीर्ष नेताहरु चुनावी प्रचारप्रसार क्रममा देश दौडाहमा व्यस्त छ्न

Logo
प्रकाशित सोमबार, कार्तिक २१, २०७९

(ABC-Sanchar)
काठमाडौं । प्रमुख राजनीतिक दलका शीर्ष नेताहरु हाल देश दौडाहमा व्यस्त छन्। आसन्न संघ र प्रदेशसभा सदस्य निर्वाचनको लागि प्रचारप्रसारको समय १० दिन मात्रै बाँकी हुँदा शीर्ष नेताहरु चुनावी प्रचारप्रसारका क्रममा देश दौडाहमा व्यस्त छन् ।

प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा झण्डै एक सातादेखि उपत्यका बाहिर छन्। कात्तिक १६ गते गृह जिल्ला डडेल्धुरा पुगेका लगातार चार दिन चुनावी सभामा व्यस्त रहे ।

डडेल्धुराका सबै स्थानीय तहमा भएका सभालाई सम्बोधन गरेर उनी हिजो साँझ मात्र धनगढी आइपुगेका छन् । उनी आज धनगढीमै हुने चुनावी सभाहरुमा व्यस्त हुने कार्यक्रम रहेको उनका प्रेस सल्लाहकार गोबिन्द परियारले जानकारी दिए ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पोखरा सभागृहमा हुने वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दैछन् । त्यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने आज काठमाडौंमै व्यस्त रहने भएका छन् ।

केही दिन आफ्नो निर्वाचन क्षेत्र गोरखा २ मा पुगेर फर्किएका प्रचण्ड भोलिदेखि भने सुदूरपश्चिम र कर्णालीका जिल्लामा आयोजित चुनावी सभामा सहभागी हुने उनको सचिवालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले बालेन शाह नेतृत्वको सरकारले कार्की आयोगको प्रतिवेदन कार्यान्वयनबारे गरेको निर्णय पक्षपाती र षड्यन्त्रपूर्ण भएको आरोप लगाएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले सुरक्षाकर्मीको हकमा अध्ययन समिति गठन गर्ने तर तत्कालीन प्रधानमन्त्री, गृहमन्त्रीलगायतको हकमा सोझै कार्यान्वयन गर्ने निर्णय गरेको भन्दै उनले यस्तो कदमले देशलाई पुनः द्वन्द्वतर्फ धकेल्न सक्ने चेतावनी […]

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको शपथ सुरु भएको छ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको पद तथा गोपनीयताको शपथ सुरु भएको हो । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउँदैछन् । संसद् सचिवालयका अनुसार ६३ जना सांसदले नेपाली बाहेकको मातृभाषामा शपथ लिँदैछन् । उनीहरू आ–आफ्नै भेषभूषामा शपथका लागि सिंहदरबार पुगेका छन् ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले समानुपातिक सांसदलाई मन्त्री नबनाउने निर्णय लिएको छ । पार्टीको चुनाव चिन्हमा कानून बनाउने विश्वासमा मत आएका कारण समानुपातिक सांसदलाई अन्य कुरामा नअल्झाउने कुरामा नेतृत्व प्रस्ट भएपछि यो निर्णय लिएको एक नेताले बताए ।

error: Content is protected !!