२९ चैत्र २०८२, आइतबार
12-04-2026 , Sun
×

मोटरसाइकलको लेगगार्डमा तरवार राख्ने र टिकटकमा हाल्ने २ जना युवा पक्राउ

Logo
प्रकाशित मंगलबार, कार्तिक २२, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । केहि व्यक्तिहरुले बा ५१ प ४६३९ नं. को मोटरसाइकलको Leg Guard बाट धारिलो हतियार तरवार झिकेको भिडियो खिची सामाजिक सञ्जाल टिकटकमा अपलोड गरी जनसर्वसाधारणमा अशान्ति मच्चाएको लगायतको सूचना प्राप्‍त हुन आएको ।

जिल्ला प्रहरी परिसर टेकुबाट मातहत प्रहरी वृत्तहरु र प्रभागहरु लगायतलाई उक्त सूचना प्रवाह गरी गम्भीरताकासाथ खोज तलास गराउँदा प्रहरी बृत्त बालाजु र प्रहरी वृत्त स्वयम्भूबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीद्वारा मिति २०७९।०७।२० गते राती अं. २०:०५ बजेको समयमा जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. १६ बालाजुमा उक्त बा. ५१ प. ४६३९ नम्बरको मोटरसाइकललाई फेला पारी लेग गार्डमा फिटिङ्ग गरिएको धारिलो हतियार तरवार र मो.सा.सहित निम्न लिखित व्यक्तिहरुलाई नियन्त्रणमा लिइएको ।

निम्न:-

क) पक्राउ परेका व्यक्तिहरु:
१. जिल्ला काठमाण्डौ नागार्जुन नगरपालिका वडा नं.२ सानो भर्‍याङ स्थायी घर भएका बर्ष २३ को दिपेश महर्जन ।
२. जिल्ला दोलखा मेलुङ्ग गाऊँपालिका वडा नं. ६ स्थायी घर भई हाल काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१५ स्वयमभू बस्ने बर्ष २२ को श्रवण लामा ।

ख) बरामद दशी:
१. बा. ५१ प. ४६३९ नम्बरको बुलेट मोटरसाइकल-१ ।
२. मोटरसाइकलको लेग गार्डमा जडित दुई फिट साढे दुई ईन्च लम्बाई भएको धारिलो हतियार (तरवार) थान-१ ।

घटनाको सम्बन्धमा प्रकरण ख) मा बरामद दशीका समानसहित प्रकरण क) मा उल्लेखित पक्राउमा परेका व्यक्तिहरु दिपेश महर्जन र श्रवण लामा उपर मुलुकी अपराध संहिता २०७४ को परिच्छेद-५ को सार्बजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसूर अन्तर्गत मुद्धा दर्ता गरी जिल्ला प्रशासन कार्यालय काठमाण्डौबाट दिन – ७ को म्याद थप अनुमती समेत लिई प्रहरी वृत्त, बालाजुबाट थप अनुसन्धान कार्य भई रहेको ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । राष्ट्रपति रामचन्द्र पाौडेल र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालबीच आइतबार राष्ट्रपति भवन शीतलनिवासमा भेटवार्ता भएकाे छ। सो अवसरमा राष्ट्रपति पौडेललाई  अध्यक्ष दाहालले टर्कीमा हुने अन्तर व्यवस्थापिका संघको साधारण सभामा आफू सहभागी हुन जान लागेको विषयसहित समसामयिक विषयमा जानकारी गराएको  राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।व

दाङ । देउखुरी विपद पूर्व तयारी तथा प्रतिकार्य याेजना कार्यदलले विपद पूर्व तयारी तथा प्रतिकार्य याेजना निर्माण प्रकृयामा जुटेकाे छ । लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालय अन्तरगत गठित कार्यदल यस्तो तयारीमा जुटेको हो । सोही कार्यदलका संयाेजक तथा मन्त्रालयका विपद सम्पर्क व्यक्ति भुपबहादुर मल्लकाे अध्यक्षतामा शुक्रबार राप्ती उपत्यका देउखुरीमा बसेकाे पहिलाे बैठकले […]

काठमाडौं । युटुबमा प्रधानमन्त्री  बालेन (बालेन्द्र) शाहलगायतका नेताहरूलाई अपमानजनक र गालीगलौज युक्त सामग्री प्रसारण गरेको आरोपमा पाँचथरमा एक जना पक्राउ परेका छन् । पाँचथरको फाल्गुनन्द गाउँपालिका ७ घर भएका युट्युबर रोशन पोखरेल पक्राउ परेका हुन् । नेपाल प्रहरीको साइबर ब्युरोको अनुसन्धानका आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरले पक्राउ गरेको हो । ‘Hades’ नामक युटुब च्यानलमा प्रसारित […]

error: Content is protected !!