२९ चैत्र २०८२, आइतबार
12-04-2026 , Sun
×

विपद पूर्व तयारी तथा प्रतिकार्य याेजनाका लागि सम्पूर्ण कार्यदल भयो एकजूट,

Logo
बिदुर एमसी प्रकाशित आइतबार, चैत्र २९, २०८२

दाङ । देउखुरी विपद पूर्व तयारी तथा प्रतिकार्य याेजना कार्यदलले विपद पूर्व तयारी तथा प्रतिकार्य याेजना निर्माण प्रकृयामा जुटेकाे छ । लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालय अन्तरगत गठित कार्यदल यस्तो तयारीमा जुटेको हो ।

सोही कार्यदलका संयाेजक तथा मन्त्रालयका विपद सम्पर्क व्यक्ति भुपबहादुर मल्लकाे अध्यक्षतामा शुक्रबार राप्ती उपत्यका देउखुरीमा बसेकाे पहिलाे बैठकले तत्काल विपद पूर्व तयारी तथा प्रतिकार्य याेजना निर्माण प्रकृया अगाडी बढाउने निर्णय गरेकाे छ ।

स्थानीय तहबाट जाेखिम तथा स्राेत नक्साङ्कनकाे काम कार्यलाई बैशाख मसान्तसम्ममा सूचना लिने बैठकद्वारा निर्णय गरिएको छ । साथै जेष्ठ महिनको दाेस्राे हप्ताभित्र विपद पूर्वतयारी तथा प्रतिकार्य याेजनाकाे मस्याैदा तयार गर्ने निर्णय समेत गरेकाे छ । त्यसका लागि पहिलाे चरणमा लुम्बिनी प्रदेशभरिका सबै स्थानीयतहबाट बिपद सम्बन्धि तथ्यांक संकलनका गरी पत्रचार गर्ने निर्णय पनि भएको छ ।

त्यसैअनुरूप बैठकले कार्ययाेजनाकाे मस्याैदा निर्माण गर्नुका साथै सबै पालिकाबाट आवश्यक तथ्यांक संकलनका लागि सम्पूर्ण सदस्यहरूले आवश्यक सहजीकरण गर्नुपर्ने निर्णय समेत गरेकाे छ ।

कार्यदल बैठकको अवसरमा बाेल्ने बक्ताहरूले एकीकृत विपद पूर्व तयारी तथा प्रतिकार्य याेजना निर्माण गर्न आवश्यक रहेकाे बताएका थिए । उनीहरूले छुट्टाछुट्टै कार्ययाेजनाले कार्य सम्पादनमा जटिलता सिर्जना गरेकाे समेत औंल्याएका थिए । वरिष्ठ परियाेजना युनिसेफ प्रदेश संयाेजक डम्मर बाेहराले सो बैठकको सहजीकरण गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । राष्ट्रपति रामचन्द्र पाौडेल र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालबीच आइतबार राष्ट्रपति भवन शीतलनिवासमा भेटवार्ता भएकाे छ। सो अवसरमा राष्ट्रपति पौडेललाई  अध्यक्ष दाहालले टर्कीमा हुने अन्तर व्यवस्थापिका संघको साधारण सभामा आफू सहभागी हुन जान लागेको विषयसहित समसामयिक विषयमा जानकारी गराएको  राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।व

दाङ । देउखुरी विपद पूर्व तयारी तथा प्रतिकार्य याेजना कार्यदलले विपद पूर्व तयारी तथा प्रतिकार्य याेजना निर्माण प्रकृयामा जुटेकाे छ । लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालय अन्तरगत गठित कार्यदल यस्तो तयारीमा जुटेको हो । सोही कार्यदलका संयाेजक तथा मन्त्रालयका विपद सम्पर्क व्यक्ति भुपबहादुर मल्लकाे अध्यक्षतामा शुक्रबार राप्ती उपत्यका देउखुरीमा बसेकाे पहिलाे बैठकले […]

काठमाडौं । युटुबमा प्रधानमन्त्री  बालेन (बालेन्द्र) शाहलगायतका नेताहरूलाई अपमानजनक र गालीगलौज युक्त सामग्री प्रसारण गरेको आरोपमा पाँचथरमा एक जना पक्राउ परेका छन् । पाँचथरको फाल्गुनन्द गाउँपालिका ७ घर भएका युट्युबर रोशन पोखरेल पक्राउ परेका हुन् । नेपाल प्रहरीको साइबर ब्युरोको अनुसन्धानका आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरले पक्राउ गरेको हो । ‘Hades’ नामक युटुब च्यानलमा प्रसारित […]

error: Content is protected !!