२९ चैत्र २०८२, आइतबार
12-04-2026 , Sun
×

निर्दोष नफसोस कसैलाई फसाउने नियतले हालीएको जाहेरी प्रहरीले दर्ता गर्दैन एसपी : वली

Logo
प्रकाशित बुधबार, कार्तिक २३, २०७९

 

ABC (क्राईमबिट)

दाङ । एक जना युबतिले आफुलाइ जागिरबाट हटाएपछि आफ्नै सहकर्मि विरुद्ध जबरजस्तीकरणिमा प्रहरीमा जाहेरी दिएको खुलेको छ ।

केही दिन अघि जिल्ला प्रहरी कार्यालय दाङले जबरजस्तीकरणिमा एक जनालाई पक्राउ गरेको सार्बजनिक गरेको थियो । घोराहीको गोरखा हस्पिटलमा कार्यरत दुबै जनाले आपसमा भनाभन गर्नुका साथै बिबाद गरेपछि युबतिले पुरुष विरुद्ध मुद्धा हाल्ने गरि जबर्जस्ति करणिमा जाहेरी लिएर प्रहरी समक्ष पुगेकी थिइन । युबतिले जाहेरी हालेपछि प्रहरीले शुक्रबार नै घोराहीबाट केशब धिताललाई पक्राउ गरेको थियो । प्रहरीले धिताललाई नियन्त्रणमा लिएर अनुसन्धान गर्यो । तर, घटनाको अनुसन्धान गर्दै जादा जिल्ला प्रहरी कार्यालय दाङले जागिरबाट युबतिलाई अस्पताल ब्यबस्थापन समितिले हटाएपछि युबतिले आपसी बिबाद र भनाभन भए लगत्तै धिताल विरुद्ध जाहेरी लिएर आएको रहष्य खुलेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय दाङका एसपी बिरबहादुर ओलिले अस्पतालले जागीरबाट हटाएकाले युबतिले जाहेरी प्रहरीमा हालेको अनुसन्धानबाट खुलेपछि जाहेरी दर्ता नभएको बताए । दुबै जना बिच भनाभन र बिबाद भएको देखिन आएको र त्यसकै आधारमा अस्पतालले दुबै जनालाइ शंका गर्दै युबतिलाई जागिरबाट निकालेपछि उनी रिस र आबेगमा आएर जबरजस्तीकरणिमा जाहेरी लिएर आएको अनुसन्धानबाट देखिन आएको एसपि ओलिले बताए ।

कसैलाई फसाउने नियतले हालीएका जाहेरी प्रहरीले दर्ता नगर्ने र कसैले भनेकै भरमा मुद्धा दर्ता नहुने उनले स्पष्ट पारे । बलात्कार जस्तो जघण्य अपराधमा जाहेरी आएपछि त्यसको आरोपमा घटनाको संबेदनसिलता हेर्दै नियन्त्रणमा लिई घटना अनुसन्धान हुने गरेको भन्दै कसैले भनेकै र जाहेरी लिएर आएकै भरमा मुद्धा दर्ता गर्न नहुने र घटनाको अनुसन्धान, तथ्य र प्रमाणको आधारमा मुद्धा दर्ता हुने उनको भनाई छ ।

सोही कुराको आधारमा धितालको हकमा अनुसन्धान गर्दा कुनै तथ्य प्रमाण भन्दा पनि रिस र आबेगमा आई जबरजस्तिकरणिमा जाहेरी हालीएको अनुसन्धानबाट खुलेपछि मुद्धा दर्ता नगरेर अनुसन्धानका लागि पक्राउ परेका धिताल छुटेको एसपि ओलिको भनाई छ । उनले घटना दोषि नछुटाेस, निर्दोष नफसोस प्रहरीको मान्यता रहेकाले नाबालीकको हकमा भने कसैले छुटकरा नपाउने भन्दै कुनै पनि युबतिले योजनाबद्ध, नियोजितरुपमा फसाउने जाहेरी ल्याउदैमा अनुसन्धान नगरेर मुद्धा दर्ता नहुने स्पष्ट पारे ।

केशब र युवती गोरखा हस्पिटलको इमरजेन्सिमा कार्यरत अहेब कर्मचारी हुन । तर, प्रहरीले झुटाे जाहेरी दिने रुकुम घर भई घोराही बस्दै आएकि युबतीलाई पनि कारबाही गरेन । अस्पतालले प्रहरीमा जाहेरी परेपछि दुबै जनालाई जागिरबाट हटाइसकेको जनाएको छ । यसैबीच आफ्नो नाम जोडेर आएको समाचार हटाउन आग्रह गर्दै पिडित धितालले उक्त घटना जबरजस्तिकरणि नभई ब्यक्तिगत झै झगडा भएको र आफुहरुको बिचमा मिलापत्र भइसकेको बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । राष्ट्रपति रामचन्द्र पाौडेल र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालबीच आइतबार राष्ट्रपति भवन शीतलनिवासमा भेटवार्ता भएकाे छ। सो अवसरमा राष्ट्रपति पौडेललाई  अध्यक्ष दाहालले टर्कीमा हुने अन्तर व्यवस्थापिका संघको साधारण सभामा आफू सहभागी हुन जान लागेको विषयसहित समसामयिक विषयमा जानकारी गराएको  राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।व

दाङ । देउखुरी विपद पूर्व तयारी तथा प्रतिकार्य याेजना कार्यदलले विपद पूर्व तयारी तथा प्रतिकार्य याेजना निर्माण प्रकृयामा जुटेकाे छ । लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालय अन्तरगत गठित कार्यदल यस्तो तयारीमा जुटेको हो । सोही कार्यदलका संयाेजक तथा मन्त्रालयका विपद सम्पर्क व्यक्ति भुपबहादुर मल्लकाे अध्यक्षतामा शुक्रबार राप्ती उपत्यका देउखुरीमा बसेकाे पहिलाे बैठकले […]

काठमाडौं । युटुबमा प्रधानमन्त्री  बालेन (बालेन्द्र) शाहलगायतका नेताहरूलाई अपमानजनक र गालीगलौज युक्त सामग्री प्रसारण गरेको आरोपमा पाँचथरमा एक जना पक्राउ परेका छन् । पाँचथरको फाल्गुनन्द गाउँपालिका ७ घर भएका युट्युबर रोशन पोखरेल पक्राउ परेका हुन् । नेपाल प्रहरीको साइबर ब्युरोको अनुसन्धानका आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरले पक्राउ गरेको हो । ‘Hades’ नामक युटुब च्यानलमा प्रसारित […]

error: Content is protected !!