२९ चैत्र २०८२, आइतबार
12-04-2026 , Sun
×

डिआईजी बज्राचार्यले निर्वाचन निष्पक्ष र भयरहित बनाउन प्रहरीलाई कडा निर्देशन

Logo
प्रकाशित शुक्रबार, कार्तिक २५, २०७९


ABC (क्राईमबिट)
काभ्रे । बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यले आज जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकको निरीक्षण गर्नुको साथै काभ्रेमा कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई कडा निर्देशन दिनुभएको छ ।

बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यले मंसिर ४ गते हुन गईरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा काभ्रेपलाञ्चोक जिल्लामा प्रहरी परिचालनको अवस्थाबारे जानकारी लिनुभएको छ ।

जिल्ला प्रहरी कार्यालय, काभ्रेमा आयोजित एक कार्यक्रमका बिच प्रदेश प्रहरी प्रमुख बज्राचार्यले निर्वाचन सुरक्षामा परिचालन हुने प्रहरी कर्मचारी तथा म्यादी प्रहरीहरूलाई आवश्यक निर्देशन समेत दिनुभएको हो ।

यसैगरी प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७९ लाई निष्पक्ष,भयरहित र विश्वसनीय ढंगले सम्पन्न गर्न तयार गरिएको सुरक्षा व्यवस्थापनको बारेमा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूसँग प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बज्राचार्यले छलफल गर्नुको साथै निर्वाचनमा खटिने मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरूका लागि संचालित एक दिने अभिमुखीकरण कार्यक्रममा समेत सहभागिता जनाउनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । राष्ट्रपति रामचन्द्र पाौडेल र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालबीच आइतबार राष्ट्रपति भवन शीतलनिवासमा भेटवार्ता भएकाे छ। सो अवसरमा राष्ट्रपति पौडेललाई  अध्यक्ष दाहालले टर्कीमा हुने अन्तर व्यवस्थापिका संघको साधारण सभामा आफू सहभागी हुन जान लागेको विषयसहित समसामयिक विषयमा जानकारी गराएको  राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।व

दाङ । देउखुरी विपद पूर्व तयारी तथा प्रतिकार्य याेजना कार्यदलले विपद पूर्व तयारी तथा प्रतिकार्य याेजना निर्माण प्रकृयामा जुटेकाे छ । लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालय अन्तरगत गठित कार्यदल यस्तो तयारीमा जुटेको हो । सोही कार्यदलका संयाेजक तथा मन्त्रालयका विपद सम्पर्क व्यक्ति भुपबहादुर मल्लकाे अध्यक्षतामा शुक्रबार राप्ती उपत्यका देउखुरीमा बसेकाे पहिलाे बैठकले […]

काठमाडौं । युटुबमा प्रधानमन्त्री  बालेन (बालेन्द्र) शाहलगायतका नेताहरूलाई अपमानजनक र गालीगलौज युक्त सामग्री प्रसारण गरेको आरोपमा पाँचथरमा एक जना पक्राउ परेका छन् । पाँचथरको फाल्गुनन्द गाउँपालिका ७ घर भएका युट्युबर रोशन पोखरेल पक्राउ परेका हुन् । नेपाल प्रहरीको साइबर ब्युरोको अनुसन्धानका आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरले पक्राउ गरेको हो । ‘Hades’ नामक युटुब च्यानलमा प्रसारित […]

error: Content is protected !!