२९ चैत्र २०८२, आइतबार
12-04-2026 , Sun
×

अख्तियारले मालपोत कार्यालयका कर्मचारी विरुद्ध भ्रष्टाचार मुद्धा दायर

Logo
प्रकाशित शुक्रबार, कार्तिक २५, २०७९

ABC (क्राईमबिट)
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भुमीसुधार तथा मालपोत कार्यालयमा कार्यरत कर्मचारी होम नाथ खतिवडाविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ ।

मालपोत कार्यालय डिल्लीबजारमा कार्यरत कार्यालय सहयोगी (पाँचौँ तह) खतिवडाविरुद्ध २ लाख ६१ हजार बिगो दाबीसहित विशेष अदालत काठमाडौँमा मुद्धा दायर दायर हो ।

आयोगका अनुसार मोही लगत कट्टा गर्नका लागि सेवाग्राहीसँग घुस लिँदै गर्दा अवस्थामा खतिवडा पक्राउ परेका थिए । घुसबापतको रकम पाँच हजार रुपैयाँ मात्रै भए पनि खानतलासी गर्दा उनको साथमा तीन लाख १८ हजार रुपैयाँ भेटिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । राष्ट्रपति रामचन्द्र पाौडेल र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालबीच आइतबार राष्ट्रपति भवन शीतलनिवासमा भेटवार्ता भएकाे छ। सो अवसरमा राष्ट्रपति पौडेललाई  अध्यक्ष दाहालले टर्कीमा हुने अन्तर व्यवस्थापिका संघको साधारण सभामा आफू सहभागी हुन जान लागेको विषयसहित समसामयिक विषयमा जानकारी गराएको  राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।व

दाङ । देउखुरी विपद पूर्व तयारी तथा प्रतिकार्य याेजना कार्यदलले विपद पूर्व तयारी तथा प्रतिकार्य याेजना निर्माण प्रकृयामा जुटेकाे छ । लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालय अन्तरगत गठित कार्यदल यस्तो तयारीमा जुटेको हो । सोही कार्यदलका संयाेजक तथा मन्त्रालयका विपद सम्पर्क व्यक्ति भुपबहादुर मल्लकाे अध्यक्षतामा शुक्रबार राप्ती उपत्यका देउखुरीमा बसेकाे पहिलाे बैठकले […]

काठमाडौं । युटुबमा प्रधानमन्त्री  बालेन (बालेन्द्र) शाहलगायतका नेताहरूलाई अपमानजनक र गालीगलौज युक्त सामग्री प्रसारण गरेको आरोपमा पाँचथरमा एक जना पक्राउ परेका छन् । पाँचथरको फाल्गुनन्द गाउँपालिका ७ घर भएका युट्युबर रोशन पोखरेल पक्राउ परेका हुन् । नेपाल प्रहरीको साइबर ब्युरोको अनुसन्धानका आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरले पक्राउ गरेको हो । ‘Hades’ नामक युटुब च्यानलमा प्रसारित […]

error: Content is protected !!