१० साउन २०८२, शनिबार
26-07-2025 , Sat
×

राजेश बुढाथोकी नक्कली पत्रकारको बर्थडे पाटीमा भिआईपीदेखि ईन्सपेक्टर सम्मको लर्को किन ?

Logo
प्रकाशित शनिबार, कार्तिक २६, २०७९

ABC (क्राईमबिट)

काठमाडौं । हातमा केक, सिरमा पाल्पाली ढाकाटोपी, काधमा खादाको भारी, सेतो खैरो कोट र जिन्सको पाइन्टमा चटक्क परेर सजिएका व्यक्तिको वरीपरि भिआइपीहरु उभिएका छन् । उनका अघिल्लोतिर नेपाल प्रहरीका महानिरिक्षक (आईजीपी) धिरजप्रताप सिंह र गृहमन्त्रालयका उपसचिव गोविन्द रिजाल । त्यस्तै उनको पछिल्लो तिर छन् प्रहरी नायव महानिरीक्षक (डिआईजी) दिपक थापा, प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) कुवेर कडायत ।

नेपाल प्रहरीको उच्च अधिकारीहरुको बीचमा बसेर केक काटीरहेका उनलाई देख्दा पक्कै पनि उनी उच्च पदस्तका व्यक्ति हुन् कि भन्ने लाग्छ । तर उनी कुनै उच्च पदस्तका व्यक्ति भने होइनन् । प्रहरी संगठनको उच्च अधिकारीहरु मात्रै होइन तालुकदार मन्त्रालयकै उपसचिवलाई नै जन्मदिनको कार्यक्रममा बोलाउन सक्ने व्यक्तिको होलान् भन्ने जिज्ञासा हुनु स्वभाविक हो ।

प्रदर्शनी मार्गस्थित महेन्द्र पुलिस क्लबमा प्रहरीको उच्च अधिकारीहरुसँग आफ्नो जन्मदिन मनाउने व्यक्ति हुन्–राजेश बुढाथोकी । उनले सामाजिक सञ्जालमा भने सुधाकर राजेश नाम राखेका छन् । उनले आफु अनलाईन खबरको रिपोर्टर रहेको आफ्नो बायोमा लेखेका छन् । तर अनलाईन खबरमा सम्पर्क गर्दा राजेशले कहिल्यै पनि काम नगरेको प्रतिक्रिया दिए।

उनले अनलाईन खबरसँगै नयाँ विकल्प अनलाईनमा समेत काम गरेको उल्लेख गरेका छन् । नयाँ विकल्प अनलाइनमा पनि सम्पर्क गर्दा उनले त्यहाँ पनि काम नगरेको प्रतिक्रिया आयो । उनले आफूले पत्रकारीता गरेको बताएपनि कुनैमा पनि उनको आवद्धता भेटिँदैन । यद्धपी उनले सामाजिक सञ्जालमा भने आफू अनलाइन खबर र नयाँ विकल्प अनलाइन मात्रै होइन नेपाल टेलिभिजनको समेत रिपोर्टर भएको बताएका छन् ।

उनको जन्मदिनमा भावी आइजीपीको रुपमा हेरिएका डिआइजी बसन्त कुँवर समेत पुगेका थिए । एसएसपीहरु दान बहादुर कार्की, ओम राना समेत पुगेका थिए । त्यस्तै प्रहरी उपरिक्षक (एसपी) सन्तोष सिंह राठौर, विश्वराज खड्का लगायत अन्य अधिकारीहरु समेत पुगेका थिए । त्यस्तै कालिमाटी बृत्तका डिएसपी अनिल घिमिरे र सिइआइबीका डिएसपी रोशन खड्का पनि त्यहाँ पुगेको तस्विरमा देख्न सकिन्छ ।

सामाजिक सञ्जालमा नक्कली परिचय राखेर पत्रकार हुँ भन्दै आएका राजेशले कुनै पनि समाचार बाइलाइनमा लेखेको समेत भेटिएन । उनले सामाजिक सञ्जालमा भने स्ट्याटस लेख्ने गरेको देखिएको छ । नेपाल प्रहरीको स्वमित्व रहेको नेपाल पुलिस क्वबको सभाहलमा उनको बर्थडे कसरी आयोजना हुन पुग्यो भन्ने रहस्य खुलेको छैन तर, सबैजसो उच्च अधिकारी त्यहाँ किन पुगे भन्ने प्रश्न भने पत्रकारहरुकै बीचमा चर्चाको विषय बनेको छ ।

रोल्पा घर भएको बताउने ती पत्रकारलाई रोल्पाकै पत्रकार महासंघका अध्यक्ष मानसिंह विकले समेत कहिल्यै नचिनेको बताए ।

‘हिजो पुलिस क्लबमा फेसबुके पत्रकारको जन्मदिन मनाउन नक्सालको कति लगानी भएछ ?,’ पत्रकार विनोद चौलागाइँले लेखेका छन्,‘आइजीपीदेखि ईन्सपेक्टरसम्मको लर्को रच त ।
दियो-पोस्टबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दाङ । भालुवाङ आर्थिक स्रोतको अभावबिच पनि जनताको सुरक्षालाई प्राथमिकतामा राख्दै सेवा प्रवाहमा प्रतिबद्ध राप्ती गाउँपालिकाले दमकल प्राप्त गरेपछि राहत महसुस गरेको छ । लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को बजेटबाट खरिद गरिएको दमकल बुधबार गाउँपालिकामा आइपुगेको हो । स्थानीय सरकारसँग सीमित स्रोतसाधन हुँदा अपेक्षित विकास योजना समयमै पूरा गर्न कठिनाइ हुने गरेको […]

मेष : दिन सामान्य छ। हरेक कुरामा सचेत बन्नुपर्ने छ। स्वास्थ्य र शिक्षामा ढिलासुस्ती हुनेछ। विपक्षीको साथ मिल्नेछ। आम्दानी भन्दा खर्च बढ्नेछ। विज्ञको सुझाव लिएर अगाडि बढ्नु राम्रो हुनेछ। वृष : दिन राम्रो छ। व्यापारमा फाइदा हुनेछ। धन बढ्नेछ। शिक्षामा गरेको प्रयास सफल हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। मिथुन : […]

बुटवल । सरकारी छापको दुरुपयोग गरेर नक्कली लालपुर्जा जारी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अर्यालसहित कार्यालय सहयोगी सञ्जय कुमार केवटलाई पक्राउ गरेको हो । उनीहरू शुक्रबार दिउँसो पक्राउ परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार उनीहरू पुरानो कित्ता (जग्गा) प्रकरणसँग सम्बन्धित मुद्दामा पक्राउ परेका हुन् । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको […]

error: Content is protected !!