०१ बैशाख २०८३, मंगलबार
14-04-2026 , Tue
×

डिआईजी जोशीलेद्वारा निर्वाचन सुरक्षा अनुगमन तथा खटिने प्रहरी कर्मचारीहरू लाई निर्देशन

Logo
प्रकाशित आइतबार, कार्तिक २७, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक रामदत्त जोशीले जिल्ला प्रहरी कार्यालय कास्कीको निर्वाचन सुरक्षा योजना अनुगमन तथा जिल्लाका विभिन्न स्थानहरुमा निर्वाचन सुरक्षाका लागि जान लागेका प्रहरी कर्मचारीहरुलाई विशेष निर्देशन गर्नुभएको छ ।

आगामी मंसिर ४ गते सम्पन्न हुन गई रहेको निर्वाचनलाई शान्त, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गर्न प्रहरी कर्मचारीहरूले गर्नुपर्ने कार्यहरू तथा निभाउनु पर्ने भूमिकाका सम्बन्धमा सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभएको छ । प्रहरी नायव महानिरीक्षक जोशीले निर्वाचन आयोग प्रदत्त अधिकारको प्रयोग गरी, प्रहरी आचरण र व्यवहारलाई आत्मसाथ गरी निर्वाचन सम्पन्न गराउनु हुन समेत निर्देशन गर्नुभयो ।

यसका साथै प्रहरी नायव माहनिरीक्षक जोशीले जिल्लाको सम्पूर्ण मतदान केन्द्रको सुरक्षा योजना , प्रहरी जनशक्ति र म्यादी प्रहरी व्यवस्थापनको समेत अनुगमन गर्नुभएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले मुलुकको समृद्धिका लागि सञ्चारको बलियो सहभागिता हुनुपर्ने बताउनुभएको छ। थुर्पा अनलाइनले मङ्गलबार घोराहीमा आयोजना गरेको शुभकामना आदानप्रदान एवं क्यालेन्डर विमोचन कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहनुभएका प्रियासनले संचार क्षेत्र सृजनशीलताको अगुवाई गर्ने बलियो माध्यम भएका कारण सञ्चारको सहभागिता बिना मुलुकको समृद्धि असम्भव र दीर्घकालीन हुन […]

एजेन्सी । पाकिस्तानको उत्तर पश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा अज्ञात बन्दुकधारीको समूहले पोलियो अभियानमा खटिएका प्रहरीको गाडीमा आक्रमण गर्दा कम्तीमा एक जना प्रहरीको मृत्यु हुनुका साथै अन्य पाँच जना घाइते भएको आधिकारिक स्रोतहरूले बताएका छन् । आक्रमणको घटना हंगु जिल्लामा भएको थियो, जहाँ प्रहरी टोली पोलियो विरोधी अभियानको लागि सुरक्षा प्रभाव गर्ने कर्तव्य पालन गर्न जाँदै थियो, […]

दाङको तुलसीपुरमा एक होटेलबाट तरवारसहित ८ जना पक्राउ, दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नं.६ स्थित दारी चिया घरबाट तरवार र खुकुरीसहित ८ जनालाई पक्राउ गरिएको हो ।

error: Content is protected !!