२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

धनुषाका एसपी रजौरेमाथि विभागीय कारबाही गर्न आईजिपी सिंहको निर्देशन

Logo
प्रकाशित आइतबार, कार्तिक २७, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । प्रहरी प्रधान कार्यालयले मधेस प्रदेश प्रहरी कार्यालयलाई निर्देशन दिएको छ।

मातहतमा राम्रोसँग निगरानी र नियमन गर्न नसकेको आरोपमा उनीमाथि कारबाही गर्न प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले मधेस प्रदेशका प्रहरी प्रमुख मसउद आलम खाँलाई निर्देशन दिएका हुन्।

प्रदेशस्तरीय सुरक्षास्तरीय गोष्ठी चलिरहेकै वेला गत साता धनुषामा कार्यरत प्रहरी नायब निरीक्षक घुससहित पक्राउ परेका थिए। नगराइन नगरपालिका–२ जटहीस्थित पसलबाट चार हजार घुस लिँदै गर्दा नायब निरीक्षक देवकीलाल चौधरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले १७ कात्तिकमा रंगेहात पक्राउ गरेको थियो।

त्यसवेला गृहमन्त्री बालकृष्ण खाण, गृहसचिव विनोदप्रकाश सिंह, आइजिपी सिंहलगायत उच्च प्रहरी अधिकारी सुरक्षा गोष्ठीका लागि धनुषामै पुगेका थिए। मातहतमा राम्रो कमान्ड गर्न नसकेको भन्दै एसपी रजौरेमाथि कारबाही गर्न सुरक्षा सम्मेलनपछि महानिरीक्षक सिंहले निर्देशन दिएको प्रहरी उच्च स्रोत बताउँछ।

तर, मधेस प्रदेश प्रहरी कार्यालयले भने अझै कारबाही प्रक्रियाअघि बढाएको छैन। आफू केही दिन कार्यालयबाहिर रहेकाले कारबाही प्रक्रियाबारे जानकार नभएको डिआइजी खानले बताए। पछिल्लो केही महिनायता मधेसका सीमानाकामा विकृति बढेको उजुरी प्रहरी प्रधान कार्यालयमा परेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]