०१ बैशाख २०८३, मंगलबार
14-04-2026 , Tue
×

पोखरीमा डुवेर ३ जना भारतीय बालकको मृत्यु

Logo
प्रकाशित आइतबार, कार्तिक २७, २०७९

ABC (क्राईमबिट)
सिरहा । मिर्चैयास्थित पोखरीमा डुवेर दाजुभाई सहित तीन भारतीय बालकको मृत्यु भएको छ। मिर्चैया नगरपालिका १ कमियाटोल नजिक रहेको जेके इँटा उद्योगमा कार्यरत भारत विहार पुरनियाँ थाना खरिन्चया २७ का खुर्सिद आलमका छोराहरु वर्ष १२ का अलि हसन, १० वर्षिय नवि हसन र अररिया जिल्ला, थाना जोगवनी निरगंज २२ का नन्दलाल दाशका १० वर्षिय छोरा नितेशको आईतबार पाँच बजे पोखरीमा डुवेर मृत्यु भएको हो।

इँटा उद्योग नजीकै रहेको पोखरीमा पौडिखेल्ने क्रममा डुवेको अवस्थामा खुर्सिदले देखेर तीनैजनाको तत्काल उद्धार गरेपनि आली दाजुभाईको घटनास्थलमै र दाशको उपचारको क्रममा मिर्चैया स्थित स्वास्थ्य संस्थामा मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख हरिवहादुर वलीले जानकारी दिए। प्रहरीले घटनाबारे ६ बजेमात्र जानकारी पाएको बताए।

प्रहरीले घटनासम्वन्धमा अनुसन्धान गरिरहेको जनाएको छ। तीनैजना बालकाको शव पोष्टमार्टमको लागि रामकुमार उमाप्रसाद स्मारक अस्पताल लहान लगिउको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले मुलुकको समृद्धिका लागि सञ्चारको बलियो सहभागिता हुनुपर्ने बताउनुभएको छ। थुर्पा अनलाइनले मङ्गलबार घोराहीमा आयोजना गरेको शुभकामना आदानप्रदान एवं क्यालेन्डर विमोचन कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहनुभएका प्रियासनले संचार क्षेत्र सृजनशीलताको अगुवाई गर्ने बलियो माध्यम भएका कारण सञ्चारको सहभागिता बिना मुलुकको समृद्धि असम्भव र दीर्घकालीन हुन […]

एजेन्सी । पाकिस्तानको उत्तर पश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा अज्ञात बन्दुकधारीको समूहले पोलियो अभियानमा खटिएका प्रहरीको गाडीमा आक्रमण गर्दा कम्तीमा एक जना प्रहरीको मृत्यु हुनुका साथै अन्य पाँच जना घाइते भएको आधिकारिक स्रोतहरूले बताएका छन् । आक्रमणको घटना हंगु जिल्लामा भएको थियो, जहाँ प्रहरी टोली पोलियो विरोधी अभियानको लागि सुरक्षा प्रभाव गर्ने कर्तव्य पालन गर्न जाँदै थियो, […]

दाङको तुलसीपुरमा एक होटेलबाट तरवारसहित ८ जना पक्राउ, दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नं.६ स्थित दारी चिया घरबाट तरवार र खुकुरीसहित ८ जनालाई पक्राउ गरिएको हो ।

error: Content is protected !!