०१ बैशाख २०८३, मंगलबार
14-04-2026 , Tue
×

निर्वाचनमा खट्न कर्मचारीलाई कात्तिक ३० गतेदेखि मतदानस्थल पठाइने तयारी

Logo
प्रकाशित सोमबार, कार्तिक २८, २०७९

(ABC-Sanchar)
काठमाडौं । मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा खटिएका कर्मचारीलाई कात्तिक ३० गतेदेखि मतदानस्थल पठाइने भएको छ । जिल्लामा निर्वाचनका लागि छनोट भएका मतदान अधिकृतसहितका कर्मचारीलाई कात्तिक ३० देखि निर्वाचन सामग्रीसहित सुरक्षाकर्मीको साथमा मतदान केन्द्रतर्फ पठाउन लागिएको मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले जानकारी दिए ।

उनका अनुसार निर्वाचनका लागि जिल्लामा रहेका एकसय ३२ मतदानस्थलमा कायम गरिएका दुईसय ८८ मतदान केन्द्रमा आठ जनाको दरले कर्मचारी छनोट गरेर आवश्यक तालीमसमेत खटाइएको छ । चुनावका लागी खटाइने कर्मचारीको यसअघि नै छनोट गरेर तालिम प्रदान गरिसकेको छ । मतपत्रसहित २८ प्रकारका निर्वाचन सामग्री तयारी अवस्थामा राखिएको निर्वाचन क्षेत्र नं १ का निर्वाचन अधिकृत टेकराज भुसालले जानकारी दिए ।

उनका अनुसार मतदान केन्द्रमा मतदाता सङ्ख्या अनुसार केही स्वंयसेवक राख्नुपर्ने भएकाले त्यसको छनोट गर्ने जिम्मेवारी मतदान अधिकृतलाई दिइएको छ । नुवाकोटमा आगामी मङ्सिर ४ मा हुने निर्वाचनको लागि दुईवटा प्रतिनिधिसभा र चारवटा प्रदेससभा गरेर छ पदको लागि प्रत्यक्षतर्फ कूल ६३ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । नुवाकोटमा दुई लाख ३९ हजार सात सय २६ मतदाता रहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले मुलुकको समृद्धिका लागि सञ्चारको बलियो सहभागिता हुनुपर्ने बताउनुभएको छ। थुर्पा अनलाइनले मङ्गलबार घोराहीमा आयोजना गरेको शुभकामना आदानप्रदान एवं क्यालेन्डर विमोचन कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहनुभएका प्रियासनले संचार क्षेत्र सृजनशीलताको अगुवाई गर्ने बलियो माध्यम भएका कारण सञ्चारको सहभागिता बिना मुलुकको समृद्धि असम्भव र दीर्घकालीन हुन […]

एजेन्सी । पाकिस्तानको उत्तर पश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा अज्ञात बन्दुकधारीको समूहले पोलियो अभियानमा खटिएका प्रहरीको गाडीमा आक्रमण गर्दा कम्तीमा एक जना प्रहरीको मृत्यु हुनुका साथै अन्य पाँच जना घाइते भएको आधिकारिक स्रोतहरूले बताएका छन् । आक्रमणको घटना हंगु जिल्लामा भएको थियो, जहाँ प्रहरी टोली पोलियो विरोधी अभियानको लागि सुरक्षा प्रभाव गर्ने कर्तव्य पालन गर्न जाँदै थियो, […]

दाङको तुलसीपुरमा एक होटेलबाट तरवारसहित ८ जना पक्राउ, दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नं.६ स्थित दारी चिया घरबाट तरवार र खुकुरीसहित ८ जनालाई पक्राउ गरिएको हो ।

error: Content is protected !!