०१ बैशाख २०८३, मंगलबार
14-04-2026 , Tue
×

भिजिट भिसामा हुने सेटिङमा प्रहरीले रोक लगाए अध्यागमको कमाई सुक्यो

Logo
प्रकाशित सोमबार, कार्तिक २८, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन प्रमुख भएर गएका सहसचिव बासुदेव घिमिरे प्रहरीका कारण तनावमा परेका छन् । भिजिट भिसामा हुने सेटिङमा प्रहरीले रोक लगाएर अध्यागमको कमाई सुकेको छ ।

अध्यागमनकै सेटिङमा मानव तस्करी बढेपछि विगत तीन महिनायता प्रहरीले सक्रियता बढाएर शंकास्पदहरुलाई आफैं रोक्दै आएको छ । विमानस्थल प्रहरी र मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले तीन महिनामा ६ सय भन्दा धेरैलाई रोकेपछि सेटिङको जालो भत्किएको छ । जसकारण अध्यागमनका कर्मचारीको कमाई बन्द भएको हो ।

हालै एक फरार अभियुक्तलाई अध्यागमन कर्मचारीको मिलेमतोमा भगाइएको पुष्टि भएपछि अध्यागमनको धन्दा थप बाहिर आएको छ । बैदेशिक रोजगार ठगी तथा मानव तस्करीमा फरार श्यामराज पाण्डेलाई गत ७ कात्तिकमा अध्यागमन कर्मचारीले भगाएका थिए । सो विषयलाई सहसचिव घिमिरेले ढाकछोप प्रयास गरिरहेका छन् । अध्यागमन अधिकृत सन्तोष सुवेदीले सुरुमा जापान पठाउन लागेको र नमिलेपछि भगाएको सिसिक्योमराबाट प्रष्ट भइसकेको छ । तर, उनलाई अझै कारबाही भएको छैन ।

 

भिजिट भिसामा विदेश जाने सयौं नेपालीले दुःख पाएका छन् । कतिपय महिलाहरु बेचिएका छन् । यसरी बेचिएकाहरुको राज्यले उद्धार गर्नुपर्ने हुन्छ ।

यता अध्यागमनका कर्मचारी भने एक जनालाई पठाउँदा एक लाख रुपैयाँसम्म असुलेर त्यसमा मस्ती गर्दै आएका छन् ।

यस्तो गिरोह यति बलियो छ कि उनीहरुले प्रहरीको सक्रियता रोक्न गृह मन्त्रालयमा लबिइङ गरिरहेको छ । स्रोतका अनुसार एयरपोर्टका डिआइजी श्यामलाल ज्ञवालीलाई हटाउनेदेखि मानव बेचबिखन ब्यूरोका प्रहरीलाई आर्थिक प्रभावमा पार्नेसम्मका प्रयास भइरहेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका केही अधिकारीलाई त उनीहरुले प्रभावमा पारिसकेका छन् । सोही कारण आयोगले पछिल्लो समय अनुसन्धानमा सक्रियता देखाएको छैन । दृष्टि-न्युजबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले मुलुकको समृद्धिका लागि सञ्चारको बलियो सहभागिता हुनुपर्ने बताउनुभएको छ। थुर्पा अनलाइनले मङ्गलबार घोराहीमा आयोजना गरेको शुभकामना आदानप्रदान एवं क्यालेन्डर विमोचन कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहनुभएका प्रियासनले संचार क्षेत्र सृजनशीलताको अगुवाई गर्ने बलियो माध्यम भएका कारण सञ्चारको सहभागिता बिना मुलुकको समृद्धि असम्भव र दीर्घकालीन हुन […]

एजेन्सी । पाकिस्तानको उत्तर पश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा अज्ञात बन्दुकधारीको समूहले पोलियो अभियानमा खटिएका प्रहरीको गाडीमा आक्रमण गर्दा कम्तीमा एक जना प्रहरीको मृत्यु हुनुका साथै अन्य पाँच जना घाइते भएको आधिकारिक स्रोतहरूले बताएका छन् । आक्रमणको घटना हंगु जिल्लामा भएको थियो, जहाँ प्रहरी टोली पोलियो विरोधी अभियानको लागि सुरक्षा प्रभाव गर्ने कर्तव्य पालन गर्न जाँदै थियो, […]

दाङको तुलसीपुरमा एक होटेलबाट तरवारसहित ८ जना पक्राउ, दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नं.६ स्थित दारी चिया घरबाट तरवार र खुकुरीसहित ८ जनालाई पक्राउ गरिएको हो ।

error: Content is protected !!