०१ बैशाख २०८३, मंगलबार
14-04-2026 , Tue
×

दाङको राप्ती नदीमा मृत अवस्थामा भेटिए बडहराका एक युवक

Logo
प्रकाशित मंगलबार, कार्तिक २९, २०७९

 

(आलोक भावुक)

दाङ । गढवा गाउँपालिका वडा नम्बर १ बडहराका निश्चल यादवलाई मृत अवस्थामा प्रहरीले फेला परेको छ।

यादव शनिबार दिउसो १२:१५ बजे कपाल काटेर नुहाउन गएको बेला राप्ती नदीमा डुबेर हराएका थिए। आज चौथौ दिन डुबेको स्थानदेखि पश्चिम तिर झोलुङ्गे पुलको सिधा तल मृत अवस्थामा भेटिएको रामसुरत यादवले जानकारी दिनु भएको छ । १६ बर्षिय निश्चल यादव बुध्द ज्योति माध्यमिक विद्यालय गढवामा कक्षा दशमा अध्ययनरत थिए।

यही कार्तिक २६ गते दिउसो कपाल काटेर साथीसँग नदीमा नुहाउन गएका यादव नुहाउने क्रममा राप्ती नदीमा डुवेर वेपत्ता भएका थिए । कपडा धुन गएका महिलाहरुले डुब्दैन गरेको देखेर हारगुहार गरी स्थानीयलाई खबर गरेका थिए । जानकारी पछी तत्काल नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको टोलीले डुंगाबाट र स्थानीय हुवाहरु पानीमै पसेर तिन दुई दिन खोजी गरे तर पनि कुनै सफल्ता मिलेको थिएन ।

त्यस्तै तेस्रो दिन सेनाको टोली, शसस्त्र प्रहरी,नेपाली सेनाको टोली,स्थानीयहरु र समशेरगञ्जबाट आएको तालिम प्राप्त गोताखोर टोली लागेका दिनभरी खोजतलास गरे तर फेला पार्न सकेका थिएनन्। चौथो दिन बिहान करिब ८:४५ बजे डुबेको ठाउँ भन्दा दुई सय मित्र पश्चिम झोलुङ्गे पुलको नजिकै फेला परेको पारिवारिक स्रोतले बताएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले मुलुकको समृद्धिका लागि सञ्चारको बलियो सहभागिता हुनुपर्ने बताउनुभएको छ। थुर्पा अनलाइनले मङ्गलबार घोराहीमा आयोजना गरेको शुभकामना आदानप्रदान एवं क्यालेन्डर विमोचन कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहनुभएका प्रियासनले संचार क्षेत्र सृजनशीलताको अगुवाई गर्ने बलियो माध्यम भएका कारण सञ्चारको सहभागिता बिना मुलुकको समृद्धि असम्भव र दीर्घकालीन हुन […]

एजेन्सी । पाकिस्तानको उत्तर पश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा अज्ञात बन्दुकधारीको समूहले पोलियो अभियानमा खटिएका प्रहरीको गाडीमा आक्रमण गर्दा कम्तीमा एक जना प्रहरीको मृत्यु हुनुका साथै अन्य पाँच जना घाइते भएको आधिकारिक स्रोतहरूले बताएका छन् । आक्रमणको घटना हंगु जिल्लामा भएको थियो, जहाँ प्रहरी टोली पोलियो विरोधी अभियानको लागि सुरक्षा प्रभाव गर्ने कर्तव्य पालन गर्न जाँदै थियो, […]

दाङको तुलसीपुरमा एक होटेलबाट तरवारसहित ८ जना पक्राउ, दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नं.६ स्थित दारी चिया घरबाट तरवार र खुकुरीसहित ८ जनालाई पक्राउ गरिएको हो ।

error: Content is protected !!