०१ बैशाख २०८३, मंगलबार
14-04-2026 , Tue
×

निर्वाचनविरोधी समूहमाथि प्रहरीले बढायो निगरानोी

Logo
प्रकाशित मंगलबार, कार्तिक २९, २०७९

नेपाल प्रहरीले आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन बिथोल्ने तयारीमा रहेका समूहमाथि निगरानी बढाएको छ। निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन प्रहरीले आन्तरिक तयारी अन्तिम चरणमा पुर्‍याएको छ।

मतदानको मिति नजिकएसँगै निर्वाचन बहिष्कार गर्ने निर्णय गरेका समूहले हिंसात्मक गतिविधि गर्नसक्ने कुरालाई ध्यानमा राख्दै प्रहरीले त्यस्ता समूहमाथि निगरानी सुरु गरेको हो।

प्रहरीले देशका विभिन्न स्थानबाट निर्वाचन बिथोल्ने गरी हिंसात्मक गतिविधि गर्ने तयारीमा रहेका विभिन्न समूहका ११५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिएकामध्ये ११ जनाविरुद्ध मुद्दा दर्ता गर्ने तयारी भइरहेको छ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईका अनुसार निर्वाचन बहिष्कार गर्ने समूहमाथि निगरानी बढाउने क्रममा ११ जनाको साथमा विस्फोटक पदार्थ (बारुद) फेला परेको छ। तीमध्ये सात जना तनहुँबाट तथा चार जना बागमती प्रदेशअन्तर्गतका विभिन्न जिल्लामा पक्राउ परेका हुन्। पक्राउ परेकामध्ये १०४ जनालाई हाजिरी जमानतमा रिहा गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन विभिन्न ३१ वटा समूहले बहिष्कार गर्ने घोषणा गरेका छन्। बहिष्कार गरेका समूहले शान्तिपूर्ण गतिविधि गर्ने घोषणा गरे पनि शान्ति सुरक्षामा असर पर्ने गरी गतिविधि सञ्चालन गरेको शङ्कामा ती समूहसँग आबद्ध व्यक्तिमाथि प्रहरीले कडा निगरानी सुरु गरेको हो। निर्वाचनबारे भ्रम फैलाउने र शान्ति सुरक्षामा असर पर्ने गरी कुनै गतिविधि गरे तत्काल नियन्त्रण गर्ने गरी पूर्वतयारीमा रहन प्रहरी प्रधान कार्यालयले देशभरका प्रहरी युनिटलाई परिपत्रसमेत जारी गरेको छ। देशभरका २२ हजार ५३४ मतदान केन्द्रको सुरक्षाका चारवटै सुरक्षा निकायबाट झन्डै तीन लाख सुरक्षाकर्मी परिचालन गरिनेछ।

निर्वाचनमा सुरक्षाको दृष्टिले मतदान स्थललाई अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन किसिममा वर्गीकरण गरिएको छ। देशभरका तीन हजार ३२२ मतदान स्थल अति संवेदनशील, तीन हजार ९८८ संवेदनशील तथा तीन हजार ३६१ मतदान स्थल सुरक्षाको दृष्टिले सामान्य रूपमा वर्गीकरण गरिएको छ।

प्रहरी प्रवक्ता राईले निर्वाचन सुरक्षा बलियो बनाउन एकीकृत सुरक्षा योजनाअन्तर्गत नेपाल प्रहरी मदतान स्थलको सुरक्षा व्यवस्थापनमा खटिएको बताए। निर्वाचन सुरक्षालाई प्रभावकारी बनाउन प्रहरी प्रधान कार्यालयले उपत्यकाका विभिन्न विभागमा कार्यरत लगायत सञ्चित जनशक्तिलाई विभिन्न जिल्लामा खटाइएको छ।

जिल्ला प्रहरी प्रमुख मातहत रहने गरी प्रहरी मुख्यालयले सिपाहीदेखि प्रहरी नायब उपरीक्षक (डीएसपी)सम्मलाई निर्वाचन सुरक्षाका लागि केन्द्रबाट परिचालन गरेको छ । निर्वाचन सुरक्षाको विश्लेषणसँगै तयारीका लागि प्रहरी प्रधान कार्यालयले सातवटै प्रदेश तहमा सुरक्षा गोष्ठीसमेत सम्पन्न गरिसकेको छ। रास्स

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले मुलुकको समृद्धिका लागि सञ्चारको बलियो सहभागिता हुनुपर्ने बताउनुभएको छ। थुर्पा अनलाइनले मङ्गलबार घोराहीमा आयोजना गरेको शुभकामना आदानप्रदान एवं क्यालेन्डर विमोचन कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहनुभएका प्रियासनले संचार क्षेत्र सृजनशीलताको अगुवाई गर्ने बलियो माध्यम भएका कारण सञ्चारको सहभागिता बिना मुलुकको समृद्धि असम्भव र दीर्घकालीन हुन […]

एजेन्सी । पाकिस्तानको उत्तर पश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा अज्ञात बन्दुकधारीको समूहले पोलियो अभियानमा खटिएका प्रहरीको गाडीमा आक्रमण गर्दा कम्तीमा एक जना प्रहरीको मृत्यु हुनुका साथै अन्य पाँच जना घाइते भएको आधिकारिक स्रोतहरूले बताएका छन् । आक्रमणको घटना हंगु जिल्लामा भएको थियो, जहाँ प्रहरी टोली पोलियो विरोधी अभियानको लागि सुरक्षा प्रभाव गर्ने कर्तव्य पालन गर्न जाँदै थियो, […]

दाङको तुलसीपुरमा एक होटेलबाट तरवारसहित ८ जना पक्राउ, दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नं.६ स्थित दारी चिया घरबाट तरवार र खुकुरीसहित ८ जनालाई पक्राउ गरिएको हो ।

error: Content is protected !!