०८ चैत्र २०८२, आइतबार
22-03-2026 , Sun
×

काठमाडौं ७ समानुपातिक र प्रत्यक्ष घण्टीको अग्रता कायम

Logo
प्रकाशित सोमबार, मंसिर ०५, २०७९

(ABC-Sanchar)
काठमाडौं । क्षेत्र नम्बर ७ को प्रत्यक्ष र समानुपातिक दुवैतर्फ घण्टीले अग्रता लिएको छ । बिहान ९ बजेसम्मको मतगणना अनुसार रास्वपाका गणेश पराजुलीले १७७ मतसहित अग्रता लिएका हुन् ।

स्वतन्त्र उम्मेदवार यादवलाल कायस्थले १०८ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवार श्यामकुमार घिमिरे ९३ मतसहित तेस्रो र सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार मानुषी यमि भट्टराई ७५ मतसहित चौथो स्थानमा छन् ।

हाम्रो नेपाली पार्टीका प्रबन्ध पोखरेलले ५२ र राप्रपाका ध्रुवविक्रम मल्लले ५० मत पाएका छन् । यता समानुपातिकतर्फ रास्वपाले २२२ मत पाएको छ । नेकपा एमाले ८४ मतसहित दोस्रोमा छ ।

 

त्यस्तै राप्रपाले ७८ मत पाएर तेस्रो स्थानमा रहँदा नेकपा एसले ७१ मत पाएको छ भने कांग्रेस ५३ मतसहित पाँचौ स्थानमा छ ।
सो क्षेत्रमा लौरोले ५१ मत पाएको छ भने नेमकिपाको मादलले ४० मत पाएको छ ।

माओवादी केन्द्रले २७ मत पाउँदा जसपाको २५ मत आएको छ । यो ७०९ मत गन्दाको परिणाम हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले समानुपातिक सांसदलाई मन्त्री नबनाउने निर्णय लिएको छ । पार्टीको चुनाव चिन्हमा कानून बनाउने विश्वासमा मत आएका कारण समानुपातिक सांसदलाई अन्य कुरामा नअल्झाउने कुरामा नेतृत्व प्रस्ट भएपछि यो निर्णय लिएको एक नेताले बताए ।

काठमाडौं । निर्वाचनमा अप्रत्याशित पराजय व्यहोरेपछि कांग्रेस सभापति गगन थापाले नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका छन्। गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका थापाले बुधबार नै उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन्। केन्द्रीय कार्यसमिति बैठकको मिति तय भएलगत्तै सभापति थापाले उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन् । तर, उनको राजीनामा पार्टीले सार्वजनिक गरेको […]

दाङबाट साजिदा सिद्धिकिसहित एमालेले छान्यो समानुपातिक सांसदहरु (सूचीसहित) काठमाडौं । नेकपा एमालेले समानुपातिक सांसद टुङ्ग्याएको छ। आज बसेको सचिवालय बैठकले समानुपातिक सांसदको नाम टुङ्गो लगाएको उपमहासचिव लेखराज भट्टले बताए। क्लस्टर अनुसार समानुपातिक सांसदको चयन गरेको बताए। एमालेले समानुपातिकबाट १६ सीट जितेको छ। जनजाति (४ जना) महिला : • भूमिका सुब्बा • गंगादेवी श्रेष्ठ पुरुष : […]

error: Content is protected !!