०८ चैत्र २०८२, आइतबार
22-03-2026 , Sun
×

चितवन क्षेत्र नम्बर १ मा घण्टी अगाडि, गठबन्धन र एमाले पछाडि पार्दै

Logo
प्रकाशित मंगलबार, मंसिर ०६, २०७९

(राकेश श्रेष्ठ)
चितवन । आइतबार सम्पन्न प्रनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत जिल्लाका तीन निर्वाचन क्षेत्रको मतगणना जारी रहेको छ । पछिल्लो जानकारीअनुसार क्षेत्र नम्बर १ मा १४ हजार दुई सय ८४ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल अग्रस्थानमा रहनुभएको छ ।

उहाँले पाँच हजार ९८ मत प्राप्त गर्दा गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसका विश्वनाथ पौडेलले तीन हजार आठ सय ८५ मत प्राप्त गर्नुभएको छ । यस्तै नेकपा (एमाले)का सुरेन्द्र पाण्डेले तीन हजार आठ सय ८४ मत प्राप्त गर्नुभएको छ । यस क्षेत्रमा एक लाख ३९ हजार आठ सय ४५ जना मतदाता रहेका छन् । जसमध्ये ६८ दशमलव ७३ प्रतिशत मत खसेको छ ।

यस्तै क्षेत्र नम्बर २ मा एमालेका उम्मेदवार कृष्णभक्त पोख्रेलले अग्रता कायम राख्नुभएको छ । सात हजार ४१ मत गणना गर्दा उहाँले दुई हजार तीन सय ३१ मत प्राप्त गर्नुभएको छ भने गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उमेश श्रेष्ठले दुई हजार ३६ मत प्राप्त गर्नुभएको छ ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले दुई हजार २२७ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस क्षेत्रमा ६७ दशमलव तीन प्रतिशत मत खसेको छ । यस क्षेत्रमा एक लाख २४ हजार दुई सय १४ मतदाता रहेका छन् ।

क्षेत्र नम्बर ३ मा राप्रपाका विक्रम पाण्डेले अग्रता लिनुभएको छ । उहाँले दुई हजार तीन सय ५६ मत प्राप्त गर्दा स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाले दुई हजार तीन सय ४९ मत प्राप्त गर्नुभएको छ । गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका डा भोजराज अधिकारी दुई हजार दुई सय १४ मत प्राप्त गर्नुभएको छ।

नौ हजार छ सय ४० मतगणना गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीकी जीता बरालले दुई हजार ७८ मत प्राप्त गर्नुभएको छ । यो मत परिणाम बिहान ६ः४० बजे सम्मको हो । निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सो क्षेत्रमा ३ मा ६५ दशमलव ४१ प्रतिशत मात्रै मत खसेको निर्वाचन अधिकृत हरिसिंह धामीले जानकारी दिनुभयो । यस क्षेत्रमा एक लाख ४४ हजार दुई सय ८३ मतदाता छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले समानुपातिक सांसदलाई मन्त्री नबनाउने निर्णय लिएको छ । पार्टीको चुनाव चिन्हमा कानून बनाउने विश्वासमा मत आएका कारण समानुपातिक सांसदलाई अन्य कुरामा नअल्झाउने कुरामा नेतृत्व प्रस्ट भएपछि यो निर्णय लिएको एक नेताले बताए ।

काठमाडौं । निर्वाचनमा अप्रत्याशित पराजय व्यहोरेपछि कांग्रेस सभापति गगन थापाले नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका छन्। गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका थापाले बुधबार नै उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन्। केन्द्रीय कार्यसमिति बैठकको मिति तय भएलगत्तै सभापति थापाले उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन् । तर, उनको राजीनामा पार्टीले सार्वजनिक गरेको […]

दाङबाट साजिदा सिद्धिकिसहित एमालेले छान्यो समानुपातिक सांसदहरु (सूचीसहित) काठमाडौं । नेकपा एमालेले समानुपातिक सांसद टुङ्ग्याएको छ। आज बसेको सचिवालय बैठकले समानुपातिक सांसदको नाम टुङ्गो लगाएको उपमहासचिव लेखराज भट्टले बताए। क्लस्टर अनुसार समानुपातिक सांसदको चयन गरेको बताए। एमालेले समानुपातिकबाट १६ सीट जितेको छ। जनजाति (४ जना) महिला : • भूमिका सुब्बा • गंगादेवी श्रेष्ठ पुरुष : […]

error: Content is protected !!