०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

लमही बसपार्कमा रहेको सार्वजनिक सौचालय दिनानुदिन दुर्गन्धित बन्दै नगरपालिका बेखबर ?

Logo
प्रकाशित बिहिबार, मंसिर ०८, २०७९

 

(भानु जोशी)

दाङ । लमही बसपार्क स्थित सार्वजनिक सौचालय दिनप्रतिदिन दुर्गन्धित बन्दै गएको छ। सौचालयको सेप्टीटंकी भरिएर ओभरफ्लोले लेदोजन्य फोहर बसपार्कमा छरपस्ट हुँदा ग्राहक तथा साना व्यवसायी आजित भएकाछन।

लमही नगर बिकास समितिले ठेक्कामा दिएको सौचालयको फोहरले संक्रमित रोग फैलिने सम्भावना बढदै गएकोछ। पटकपटक सेप्टीटंकी भरिएर लेदो बग्दा हामी यो फोहरमा बस्न बाध्य भएकाछौं वरपर व्यवसाय गर्ने साना व्यवसायीले भनेकाछन। बिरोध गर्नेहो भने पनि यिनी टहरा हटाइ दिन्छन कि भनेर सहनु परेकोछ एक व्यवसायले नाम उल्लेख नगर्ने सर्तमा भने।

पुर्व पश्चिम ( महेन्द्र ) राजमार्गमा आवागमन गर्ने रात्रि तथा दिवा सेवाका यात्रुहरु समेत फोहर सौचालय प्रयोग गर्न बाध्य भएकाछन। सौचालय साह्रै दुर्गन्धित बनेकोछ,नाक थुनेर बस्नु पर्ने अवस्था आएकोछ, बाहिरै यस्तो दिसापिसाब बगेकोछ शुल्क भने पिसाब गरेको पनि १० रुपैया लिने,सरसफाइ गर्नु पर्दैन भनेर यात्रुहरुले भन्ने गरेकाछन । राजमार्गमा धेरै हिडिन्छ तर पिसाबको दश रुपैया लिने यो लमहीमा मात्र रहेछ एक यात्रुले गुनासो गरे । दुर्गन्धित सौचाल समयमै सरसफाइ नगरे रोगको संक्रमण बढ्ने निश्चितछ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!