०८ चैत्र २०८२, आइतबार
22-03-2026 , Sun
×

लुम्बिनी प्रदेश सरकार गठनमा साना दल पनि सरकारमा जाने तयारीमा

Logo
प्रकाशित सोमबार, मंसिर १२, २०७९


(ABC-Sanchar)
दाङ । लुम्बिनी प्रदेश सभामा नेकपा एमाले ठूलो दल बनेको छ । सरकार बनाउने गरी कुनै पनि दलको एकल बहुमत नआए पनि प्रत्यक्षतर्फ प्रदेश सभाका ५२ मध्ये १८ सिट जितेर एमाले पहिलो दल बनेको हो । कांग्रेस १७ सिटसहित दोस्रो र माओवादी ५ सिटसहित तेस्रो छ ।

जनता समाजवादी र स्वतन्त्रले ३/३ सिट जितेका छन् । नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीले २/२ सिट जित्दा सिके राउत नेतृत्वको जनमत पार्टी र लोकतान्त्रिक समाजवादीले १/१ सिट जितेका छन् ।

अहिलेको सत्ता गठबन्धनको एक घटक राष्ट्रिय जनमोर्चाले प्रदेश सभामा कुनै पनि सिट हासिल गर्न सकेन । राप्रपा, नागरिक उन्मुक्ति, जनमत र लोसपा नयाँ दलका रूपमा प्रदेश सभामा आएका छन् । कुनै पनि दलको स्पष्ट बहुमत नआउने भएपछि प्रदेश सरकार गठनमा अन्योल र चर्चा बढेको छ । पुरानै गठबन्धनले पनि बहुमत पुर्‍याउन नसके कसरी सरकार गठन गर्ने भन्ने विषयमा दलहरूले अनौपचारिक छलफल सुरु गरेका छन् । एमालेले जसपाको साथमा राप्रपा र स्वतन्त्रलाई ल्याएर सरकार बनाउने प्रयास गर्नेछ । त्यो गर्दा २६ सिट हुनेछ । पुरानै गठबन्धन कायम रहेको अवस्थामा कांग्रेस नेतृत्वमा सरकार बन्नेछ । त्यसो गर्दा पनि कांग्रेसको १७, माओवादीको ५ र जनमत र नागरिक उन्मुक्ति र लोसपासमेत गर्दा २६ सिट हुन्छ । नागरिक उन्मुक्ति पार्टी कांग्रेससँग गठबन्धन गरेर सरकारमा सहभागी हुने विषयमा सकारात्मक भएको एक कांग्रेस नेताले बताए । उनका अनुसार कांग्रेसले सकेसम्म पहिलो चरणमै आफ्नो नेतृत्वमा एमालेबाहेकका सबै दललाई मिलाएर सरकार गठनको प्रयास गर्नेछ । ‘त्यो सम्भव नभए सरकारको नेतृत्व अर्को पार्टीको पनि हुन सक्छ,’ उनले भने, ‘तर, अहिले कांग्रेसकै नेतृत्वमा सरकार बनाउने गरी अनौपचारिक छलफल जारी छ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले समानुपातिक सांसदलाई मन्त्री नबनाउने निर्णय लिएको छ । पार्टीको चुनाव चिन्हमा कानून बनाउने विश्वासमा मत आएका कारण समानुपातिक सांसदलाई अन्य कुरामा नअल्झाउने कुरामा नेतृत्व प्रस्ट भएपछि यो निर्णय लिएको एक नेताले बताए ।

काठमाडौं । निर्वाचनमा अप्रत्याशित पराजय व्यहोरेपछि कांग्रेस सभापति गगन थापाले नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका छन्। गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका थापाले बुधबार नै उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन्। केन्द्रीय कार्यसमिति बैठकको मिति तय भएलगत्तै सभापति थापाले उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन् । तर, उनको राजीनामा पार्टीले सार्वजनिक गरेको […]

दाङबाट साजिदा सिद्धिकिसहित एमालेले छान्यो समानुपातिक सांसदहरु (सूचीसहित) काठमाडौं । नेकपा एमालेले समानुपातिक सांसद टुङ्ग्याएको छ। आज बसेको सचिवालय बैठकले समानुपातिक सांसदको नाम टुङ्गो लगाएको उपमहासचिव लेखराज भट्टले बताए। क्लस्टर अनुसार समानुपातिक सांसदको चयन गरेको बताए। एमालेले समानुपातिकबाट १६ सीट जितेको छ। जनजाति (४ जना) महिला : • भूमिका सुब्बा • गंगादेवी श्रेष्ठ पुरुष : […]

error: Content is protected !!