२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

निर्वाचन सफल बनाएकोमा प्रधानमन्त्री देउवाद्वारा आईजीपीद्वय सिंह र अर्याल लाई विशेष धन्यवाद

Logo
प्रकाशित मंगलबार, मंसिर १३, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखलाई बालुवाटार बोलाएर विशेष धन्यवाद दिएका छन् ।

प्रदेश तथा प्रतिनिधिसभा सदस्यको निर्वाचन सफलतापूर्वक सम्पन्न गराएको भन्दै नेपाल प्रहरी प्रमुख धिरजप्रताप सिंह र सशस्त्र प्रहरी प्रमुख राजु अर्याललाई बालुवाटार बोलाएर देउवाले धन्यवाद दिएका हुन् ।

त्यसक्रममा दुवै सुरक्षा निकायका प्रमुखले निर्वाचनका बेला देशभर भएका घटनाबारे ब्रिफिङ पनि गरेका थिए ।

स्रोतका अनुसार आईजीपी सिंहले चुनावका दिन १४ जिल्लामा २२२ राउण्ड गोली चलेको ब्रिफिङ गरेका थिए । त्यसक्रममा ४८ राउण्ड अश्रूग्याँस प्रहार गरिएको थियो ।

स्रोतका अनुसार चुनावका दिन बाजुरामा एकजनाको मृत्यु भएको विषयमा प्रधानमन्त्री देउवाले जिज्ञासा राखेका थिए ।

जवाफमा आईजीपी सिंहले घटनामा २२ जनाविरुद्ध किटानी जाहेरी परेको र दुईजना पक्राउ परिसकेको बताएका थिए । ‘यो विशुद्ध आपराधिक कारण भएको घटना थियो’, उनले भनेका छन् ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका कर्मचारीले उच्च व्यवसायिकताका साथ निर्वाचन सम्पन्न गराएको भन्दै सम्पूर्ण प्रहरी अधिकृत र जवानलाई पनि प्रधानमन्त्री देउवाले बधाईं भनेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]