०३ बैशाख २०८३, बिहिबार
16-04-2026 , Thu
×

कम्युनिटी इम्प्याक्ट नेपाल’को सहयोगमा निर्मित भवन समुदघाट्न तथा हस्तान्तरण कार्यक्रम आज सम्पन्न

Logo
प्रकाशित मंगलबार, मंसिर १३, २०७९

खुरसेद हजाम मंसिर १३ नवलपरासी
पश्चिम् नवलपरासी सुस्ता ३ फेन्हरा कम्युनिटी इम्प्याक्ट नेपाल’को सहयोगमा निर्मित भवन समुदघाट्न तथा हस्तान्तरण कार्यक्रम आज सम्पन्न भएको छ ।
पशुपति शिक्षा मन्दिर व्यवस्थापका आयोजनामा ६ कोठा  भवनको कम्युनिटी इम्प्याक्ट नेपालको अध्यक्ष राजेश चौधरीले आनावरण गरि उद्घाटन गनु भएको हो। उक्त हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै ।‘कम्युनिटी इम्प्याक्ट नेपाल’का अध्यक्ष राजेश चौधरीले उत्कृष्ट शिक्षा र समृद्ध समाजको अभियान अन्तर्गत सो भवन निमार्ण गरिएको बताउनुभयो । उहाँले कुनै पनि समाज र राष्ट्र उत्कृष्ट हुनको लागि गुणस्तरिय शिक्षाको आवश्यकता रहने भन्दै सरोकारवाला सबैको पहल कदमी मार्फत उक्त लक्षय हासिल गर्न सकिने बताउनुभयो । उहाँले आफूहरुको संस्थाले प्रतापुर गाउँपालिका अन्तरगत पर्ने टाँइकोटमा पनि पशुपति शिक्षा मन्दिर निमार्ण गर्ने तयारी भएको भन्दै निम्न वर्गका नागरिकहरुको लागि ६० वटा आवास समेत निमार्णको तयारी भइरहेको जानकारी समेत गराउनुभएको छ ।
सुस्ता गाँउपालिका उपाध्यक्ष गिता चौधरीले हाल सुस्ता गाँउपालिका अन्तर्गतको विद्यालयहरुमा निकै कमजोर गुणस्तरको शिक्षा रहेको भन्दै गुणस्तरिय शिक्षाको लागि पछिल्लो समय गाँउपालिकाले प्रयास गर्दै आएको बताउनुभयो ।उहाँले ‘कम्युनिटी इम्प्याक्ट नेपाल’का अध्यक्ष प्रतापपुर ९ बेलाटारी निवासी राजेश चौधरीको विशेष पहलमा उक्त विद्यालयको भवन निमार्ण भएकोले राजेश चौधरीलाई धन्यवाद व्यक्त गर्दै विद्यालयमा आवश्यक अन्य भौतिक पुर्वाधारको काम गाँउपालिकाले नै गरिदिने बताउनुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी रोटरी क्लब अफ काठमाडौं मिडटाउनका अध्यक्ष डा. निर्मल प्रसाद रिजालले रोटरी क्लबको सिद्धान्त आफ्नो स्वार्थ भन्दा माथी उठेर सेवा गर्ने रहेको भन्दै शिक्षा प्रदान गर्ने सवालमा कुनै पनि भेदभाव हुन नहुने धारणा राख्नुभयो ।
त्यस्तै कार्यक्रममा पशुपति शिक्षा प्रचार समितिका केन्द्रिय गुठीयार सत्यदेव पाण्डेले उक्त विद्यालय भवन निमार्ण गर्ने संस्थाका पदाधिकारीहरुलाई इश्वरले देवदुतको रुपमा पठाएको आफूलाई महसुस भएको बताउनुभएको थियो ।
उहाँले पशुपति शिक्षा मन्दिरका विद्यार्थीहरुले राम्रो अंक ल्याएर उत्तिर्ण हुने गरेको भन्दै ति विद्यालयहरुमा स्वभावलम्बन र राष्ट्रभक्तिको शिक्षा प्रदान गरिने गरेको बताउनु भयो ।
उक्त ७ कोठे भवन शौचालय तथा सिमा पर्खाल निमार्ण गर्न कुल ६० लाख लागत लागेको बताइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । इजरायली सेनाले बिहीबार गरेको मिसाइल हमलामा दक्षिण लेबनानको अन्तिम सकुशल पुल पनि ध्वस्त भएको छ । बीबीसीका अनुसार नबतिएह सहरमा हमलापछि धुँवा नै धुँवा उठेको छ । लिटानी नदीमाथिको सो पुल रहेको क्षेत्रमा सो सहर छ । जहाँ ४० हजार भन्दा बढी मानिसको बसोबास छ । यो हमलापछि अब लेबनानको दक्षिणी क्षेत्रसँग जोड्ने […]

बाँके । सशस्त्र प्रहरीले मात्र चेकजाँच गर्दै आएको उक्त चोकमा सशस्त्र प्रहरी सँगै नेपाल प्रहरीले पनि चेकजाँच सुरु गर्न थालेको हो ।एकिकृत जाँच चौकी (आइसीपी) र जमुनाहबाट आउने सवारी साधन तथा मालबाहक गाडीको चेकजाँच गर्न सोमवारदेखि नेपाल प्रहरी पनि परिचालन भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले जानकारी दिए ।चौलिका चोकमा खटिने […]

दाङ । मंगलवार बेलुकी तुलसीपुर ५ माछापुच्छ्रे टोल स्थित थारमारे भण्डारी होटेलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका सुचना अधिकारी रेशम बोहराले जानकारी दिए । विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले सल्यान बागचौर नगरपालिका २ बागचौर बस्ने वर्ष २० को दीपक भण्डारी, सोहि ठाउँका वर्ष १९ को सरोज घर्ती मगर […]

error: Content is protected !!